मोरङ : मोरङको रतुवामाई नगरपालिकाले कृषकलाई रिपरसहितको पावर टिलर वितरण गरेको छ । परम्परागत कृषि पेशालाई व्यवसायिक र आधुनिकीकरणतर्फ विकास गराउन २२ वटा कृषक समूहहरुलाई रिपरसहितको पावर टिलर वितरण गरेको हो ।
श्रम र समयको बचत, सीमित जनशक्तिबाट पर्याप्त काम हुने भएपछि किसान हाते ट्याक्टरको प्रयोगतर्फ आकर्षित भएका छन् । रतुवामाई नगरपालिकाले कृषिमा आधुनिकीकरणतर्फ अगाडि बढाउन ५० प्रतिशत अनुदानमा पावर टिलर बितरण गरेको नगर प्रमुख रविन राईले बताए । ५० प्रतिशत सहुलियत अनुदानमा ट्याक्टर पाएपछि कृषकहरु हर्षित भएका छन् ।
नगर प्रमुख राईले ट्याक्टर वितरण गर्दै कृषि क्षेत्र नगरको मेरुदण्ड भएको हुँदा किसानहरुको सुविधा र कृषिमा आधुनिकीकरणका लागि नगरपालिकाले विशेष कार्यक्रमहरु ल्याउने उनको भनाइ छ ।
रतुवामाई नगरपालिकाले चालू आर्थिक वर्षमा उन्नत जातको धान, मकै, तरकारीको बिऊ, बोयर बोका, बंगुरको पाठा, पावरटिलर, कम्बाइन मिल, मकै छोडाउने मेसिन, मोटरसहितको सिचाई बोरिङ्ग, स्प्रे ट्यांकी,आँप, लिची, कागतीको विरुवा, टनेल लगायतका सामाग्री अनुदानमा वितरण गरेको प्रमुख राईले बताए ।











Discussion about this post