मोरङ : मोरङको बेलवारी नगरपालिका १ गाँईघाट टोल बाट लागूऔषध ब्राउन सुगर सहित ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही स्थानका ४६ बर्षीय बुद्धीमान तामाङ र धनकुटा हिलेका दुई जना महिला रहेका छन् ।
हिजो बेलुका लागूऔषध ब्राउन सुगरको कारोबार भईरहेको भन्ने गोप्य सूचनाको आधारमा १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर र इलाका प्रहरी कार्यालय बेलबारीबाट गएको सयुक्त प्रहरीको टोलीले तामाङकै घरबाट तामाङ सहित २ जनालाई लागूऔषध ब्राउन सुगर सेवन गरिरहेको अवस्थामा पक्राउ गरेको थियो ।
प्रहरीले तामाङको घरमा खानतालासी गर्दा धानको भकारी भित्र लुकाएर राखेको लागूऔषध ब्राउन सुगर १३ ग्राम ५४० मिलिग्राम फेला पारेको छ । पक्राउ परेका तीनै जना विरुद्ध इलाका प्रहरी कार्यालय बेलबारीबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।











Discussion about this post