इटहरी : प्रदेश १ मा पछिल्लो २४ घण्टामा थप ३०५ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । यस्तै यही अवधिमा ५८३ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
थपिएका संक्रमितमध्ये सुनसरीको धरानमा ७२, बराहक्षेत्रमा ५१, इटहरीमा २८, दुहवीमा २, इनरुवा, बर्जु र स्थानीय तह नखुलेका १–१ जनामा संक्रमण पुष्टि भएको हो ।
मोरङको विराटनगरमा ४०, उर्लाबारी र केराबारीमा ४–४, सुन्दरहरैचा र पथरीशनिश्चरेमा ३–३, कानेपोखरीमा २, कटहरी, रतुवामाई र स्थानीय तह नखुलेका १–१ जनाको रिपोर्ट पनि पोजेटिभ आएको छ ।
यस्तै, झापाको दमकमा १९, विर्तामोडमा ९, भद्रपुरमा ६, मेचीनगरमा ४, कमलगाउँपालिकामा २, अर्जुनधारा, कचनकवल, बाह्रदशी र स्थानीय तह नखुलेका १–१ जना छन् ।
यस्तै, उदयपुरको त्रियुगामा ६, लिम्चुुङबुङ, चौदण्डीगढी, ताप्ली र स्थानीय तह नखुलेका २–२, कटारीमा १, पाँचथरको फिदिममा १३ र फाल्गुनन्दमा १, धनकुटाको धनकुटा नगरपालिकामा ५, पाख्रीवासमा ३, शहिलभूमीमा १, इलामको इलाम नगरपालिकामा ४, संखुवासभाको भोटखोलामा १ र प्रदेश १ बाहिरका ३ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा हाल सक्रिय संक्रमितको संख्या ५ हजार ४६७ रहेको मन्त्रालयले जनाएको छ ।














Discussion about this post