धरान : धरान उपमहानगरपालिकाको नवौं नगरसभा सम्पन्न भएको छ । नगरसभाले आगामी आर्थिक वर्ष २०७८’७९ को बजेट पारित भएसँगै नगरसभा आज सम्पन्न गरेको हो ।
शनिबार सम्पन्न नगरसभाको तेश्रो बैठकले बजेट तथा विनियोजन विधेयक (व्यय) पारित गरेसँगै आगामी आर्थिक वर्ष २०७८’८९ को लागि २ अर्ब ३ करोड ६४ लाखको बजेट पारित भएको छ । बैठकमा उपमेयर मञ्जु भण्डारीले विनियोजन विधेयक प्रस्तुत गरेकी थिइन् ।
शुक्रबार भएको नगरसभाको दोश्रो बैठकले नीति तथा कार्यक्रम र आर्थिक विधेयक (आय) पारित गर्दै आज सम्मका लागि स्थगित गरेको थियो । दोश्रो बैठकमा विनियोजन विधेयकमाथि बोल्न चाहनेहरुलाई आज बिहानसम्म नगरसभाको सचिवालयमा नाम टिपाउन समय दिइएको थियो । नाम टिपाएका नगरसभा सदस्यहरुले आजको बैठकमा कुरा उठाएका थिए ।
बैठकमा विधेयक प्रस्तुतकर्ता उपमेयर भण्डारीले सदस्यहरुले उठाएको कुरा प्रष्ट पारेकी थिएन् । सम्पन्न नगरसभा बैठकमा अर्थ तथा सार्वजनिक लेखा समितिका संयोजक नरेशकुमार इवारमले प्रतिवेदन प्रस्तुत गरे ।
नगरसभाका सभाध्यक्ष समेत रहेका मेयर तिलक राईले विधेयक पारित गर्न प्रस्ताव गरेपछि ध्वनी मतले सर्वसम्मत रुपमा बजेट तथा विनियोजन विधेयक पारित गरे । मेयर राईले नगरसभा सदस्यहरुलाई शून्य समयमा आफ्नो जिज्ञासाहरु राख्नु दिएका थिए ।












Discussion about this post