Wednesday, October 28, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

प्रहरीको निशानामा इटहरीका लागूऔषध कारोबारी, नौ दिनको अवधिमा १४ जना पक्राउ (तस्वीर तथा भिडियोसहित)

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
असार २७, २०७८
in टाकुरा विशेष, भिडियाे स्टाेरी, समाचार
0
प्रहरीको निशानामा इटहरीका लागूऔषध कारोबारी, नौ दिनको अवधिमा १४ जना पक्राउ (तस्वीर तथा भिडियोसहित)
1.7k
SHARES
Share on FacebookShare on Twitter

इटहरी : बढ्दो शहरीकरणसँगै सुनसरीमा लागूऔषधको व्यापार फस्टाउँदो छ । प्रहरीले जिल्लामा एक वर्षमा दर्जनौँ मुद्धा दर्ता गरेको छ भने उत्तिकै संख्यामा लागूऔषधमा संलग्न व्यक्तिहरुलाई कानूनी दायरामा समेत ल्याएको छ ।

यसै सन्र्दभमा इटहरी प्रहरीले नौ दिनको अवधिमा १४ जना लागूऔषध कारोबारी तथा सेवनकर्तालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

आइतबार इलाका प्रहरी कार्यालय इटहरीले पत्रकार सम्मेलन गर्दै तीन दिनको अवधिमा ८ जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो भने नौ दिनको अवधिमा १४ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

इटहरी प्रहरी प्रमुख डीएसपी अर्जुन केसीका अनुसार असार १८ गतेदेखि २७ गतेसम्म इटहरीका विभिन्न ठाउँबाट प्रहरीले लागूऔषध खैरोहिरोइन (ब्राउनसुगर) १९२ ग्राम, एक सय मिलिग्राम, नाइट्रोजन ट्याबेलेट एक सय पत्तामा रहेका एक हजार थानसहित १४ जनालाई पक्राउ गरेको हो ।

उनका अनुसार २५ असार (शुक्रबार) इटहरी ६ मा लागूऔषधको कारोबार भइरहेको भन्ने सूचनाका आधारमा प्रहरीले सुनिल तामाङ, सन्दिप चौधरीलाई ९ ग्राम खैरोहिरोइन ब्राउनसुगरसहित पक्राउ गरेको छ ।

अनुसन्धानका क्रममा उनीहरुले इटहरी ९ बस्ने प्रताप तामाङबाट खरिद गरेको खुलेकाले प्रतापलाई पनि १ ग्राम ३२० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरेको छ ।

ब्राउनसुगर तथा नाइट्रोजनसहित पक्राउ परेकाहरु । बाँयातर्फ दुईजना, दायाँतर्फ तीनजना ।

त्यस्तै, सोही दिनको राति इटहरी ५ मा रहेको चमेना खाजा घरको ११२ नं. कोठाबाट लागूऔषधको कारोबार भइरहेको भन्ने सूचनाका आधारमा जिल्ला बारा निजगढ १२ घर भइ हाल इटहरी ५ मा बसोबास गर्दै आएका २७ वर्षीय दीपक भनिने वीरेन्द्र राई, इटहरी ५ बस्ने १८ वर्षीय विवेक बस्नेत तथा अर्का एकजना नाबालक नै रहेकाले प्रहरीले तत्काल नाम नखुलाएपनि अनुसन्धानको प्रक्रिया अगाडि बढाएको केसीले बताए ।

उनीहरुको साथबाट प्रहरीले ५६ ग्राम, २०० मिलिग्राम ब्राउनसुगरसहित डिजिटल मेसिन समेत बरामद गरेको उनले जानकारी दिए । अनुसन्धान गर्ने क्रममा इटहरी ४ बस्ने २३ वर्षीय विवेक खड्कामार्फत लागूऔषध खरीद गरेकाले खड्कालाई पनि प्रहरीले पक्राउ गरेको छ । उनका अनुसार खड्काको घर खानतलासी गर्दा प्रहरीले २९ ग्राम, ८०० मिलिग्राम ब्राउनसुगर फेला पारेको छ ।

इटहरी ५ मा रहेको चमेना खाजा घरबाट पक्राउ परेका व्यक्तिहरु ।

त्यस्तै, प्रहरीले आइतबार दिउँसो नाइट्रोजन ट्याब्लेटसहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरीको कोशी गाउँपालिका ५ बस्ने २२ वर्षीय मनिर मियाँ र इनरुवा ३ बस्ने ५७ वर्षीय नारायणप्रसाद शिवाकोटीको साथबाट गरी एक सय पत्तामा रहेको एक हजार थान लागूऔषध नाइट्रोजन ट्याब्लेट बरामद गरेको छ । साथै उनीहरुको साथबाट प्रहरीले नगद ४० हजार पाँच सय रुपैँया समेत बरामद गरेको छ ।

पक्राउ परेका आठ जनामाथि नै आइतबार जिल्ला अदालत सुनसरीबाट म्याद थप गरी अनुसन्धानको प्रक्रिया अघि बढाइएको डीएसपी केसीले जानकारी दिए । यसअघि पक्राउ परेका अन्य ६ जनाबिरुद्ध पनि लागूऔषध मुद्धामा नै म्याद थप गरी अनुसन्धान भइरहेको उनले बताए ।

‘इटहरी प्रहरीको चुनौती र समस्याको रुपमा लागूऔषधको कारोबार हो, बीचको समयमा निषेधाज्ञामा केही कम भएको थियो,’ डीएसपी केसीले टाकुरासँग भने, ‘निषेधाज्ञा खुकुलो भएसँगै छोटो अवधिमा त्यतिको संख्यामा मानिस पक्राउ पर्नु इटहरीका लागि ठूलै संख्या हो ।’

भिडियो

Tags: #इटहरी#इटहरी प्रहरी#पक्राउ#लागूऔषधटाकुरा विशेष
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

कोशी लोकसेवा आयोगका अध्यक्ष गुरागाईँले दिए राजीनामा
समाचार

कोशी लोकसेवा आयोगका अध्यक्ष गुरागाईँले दिए राजीनामा

by टाकुरा न्यूज । इटहरी
कार्तिक १०, २०८३
0

विराटनगर : कोशी प्रदेश लोकसेवा आयोगका अध्यक्ष महेन्द्रप्रसाद गुरागाईँले पदबाट राजीनामा दिएका छन्। गुरागाईँले कात्तिक १० गते प्रदेश प्रमुख परशुराम खापुङसमक्ष...

विराटनगरलाई सुरुवाती झड्का, चितवनसँग ८ रनले हार्‍यो
खेलकुद

विराटनगरलाई सुरुवाती झड्का, चितवनसँग ८ रनले हार्‍यो

by टाकुरा न्यूज । इटहरी
कार्तिक १०, २०८३
0

विराटनगर : नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबार भएको खेलमा विराटनगर किङ्ग्स चितवन राइनोजसँग ८ रनले पराजित भएको छ। चितवनले दिएको...

सप्तकोसीमा चल्न थाल्यो ‘जेटबोट’ 

सप्तकोशीमा जलयात्रा : यात्रु सुरक्षाको जिम्मा कसले लिन्छ ?

कार्तिक १०, २०८३
मौसम खुलेपछिको खाँदबारी बजार

मौसम खुलेपछिको खाँदबारी बजार

कार्तिक १०, २०८३
पटक-पटक निवेदन र ताकेता, तर सूचना दिन मान्दैन इटहरी उपमहानगरपालिका

इटहरी उपमहानगरका इन्जिनियर प्रहरी नियन्त्रणमा

कार्तिक १०, २०८३

झापामा तीन लाखभन्दा बढीका पटका बरामद

कार्तिक १०, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

कोशी लोकसेवा आयोगका अध्यक्ष गुरागाईँले दिए राजीनामा

कोशी लोकसेवा आयोगका अध्यक्ष गुरागाईँले दिए राजीनामा

कार्तिक १०, २०८३
विराटनगरलाई सुरुवाती झड्का, चितवनसँग ८ रनले हार्‍यो

विराटनगरलाई सुरुवाती झड्का, चितवनसँग ८ रनले हार्‍यो

कार्तिक १०, २०८३
सप्तकोसीमा चल्न थाल्यो ‘जेटबोट’ 

सप्तकोशीमा जलयात्रा : यात्रु सुरक्षाको जिम्मा कसले लिन्छ ?

कार्तिक १०, २०८३
मौसम खुलेपछिको खाँदबारी बजार

मौसम खुलेपछिको खाँदबारी बजार

कार्तिक १०, २०८३



लाेकप्रिय

  • दसैँको टीकाकै दिन इटहरीमा दुर्घटना, भण्डारीको मृत्यु

    841 shares
    Share 336 Tweet 210
  • देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    642 shares
    Share 257 Tweet 161
  • सप्तकोशीमा बेपत्ता कोइराला मृत फेला

    512 shares
    Share 205 Tweet 128
  • ब्राउनसुगर : इटहरीका एकसहित चार जना नियन्त्रणमा

    291 shares
    Share 116 Tweet 73
  • सुनसरीमा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु

    285 shares
    Share 114 Tweet 71

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.