इटहरी : प्रदेश १ मा पछिल्लो २४ घण्टामा थप २०३ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । यस्तै, यही अवधिमा ३५७ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
सामाजिक विकास मन्त्रालयका अनुसार थपिएका संक्रमितहरुमा झापाको बिर्तामोडमा १९, मेचीनगरमा १५, भद्रपुरमा १२, दमकमा १०, अर्जुनधारा र कनकाईमा ९–९, शिवसताक्षीमा ५, कमलगाउँपालिकामा २ र हल्दिबारीमा १ जना छन् ।
यस्तै, मोरङको विराटनगरमा ३६, सुन्दरहरैचामा ६, लेटाङमा ३, बुढीगंगा र बेलबारीमा २–२, रंगेली, उर्लाबारी, रतुवामाई, पथरीशनिश्चरे र ग्रामथानमा १–१, सुनसरीको इटहरीमा २४, धरानमा ८, बराहक्षेत्र र रामधुनीमा २–२, दुहवी, देवानगञ्ज र स्थानीय तह नखुलेका १–१ जना छन् ।
उता, तेह्रथुमको म्याङलुङमा ११, फेदाप र स्थानीय तह नखुलेका १–१, इलामको माईमा २ र स्थानीय तह नखुलेका १, उदयपुरको त्रियुगामा २, बेलकामा १, ताप्लेजुङको मिक्वाखोलामा २, संखुवासभाको खाँदबारीमा १, धनकुटाको धनकुटा नगरपालिकामा १ र प्रदेश १ बाहिरका ५ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा हाल सक्रिय संक्रमितको संख्या ५ हजार ३१२ रहेको मन्त्रालय जनाएको छ ।














Discussion about this post