इटहरी : गाँजासहित ६४ वर्षीय वृद्धलाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ । धनकुटा साँगुरीगढी १० का ६४ वर्षीया पूर्णबहादुर राईलाई एक केजी गाँजासहित सशस्त्र प्रहरीले पक्राउ गरेको हो ।
उनलाई मोरङको जहदाबाट सशस्त्र प्रहरी बल, बिओपी रानीको टोलीले गाँजासहित शनिबार बिहान पक्राउ गरेको हो ।
पैदल हिँडिरहेको अवस्थामा शंका लागेर चेकजाँच गर्ने क्रममा गाँजा फेला परेको शशस्त्र प्रहरीले जनाएको छ ।
धनकुटाबाट गाँजा लिएर भारततर्फ जाँदै गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेपनि थप अनुसन्धान भइरहेको सशस्त्र प्रहरीले जनाएको छ ।












Discussion about this post