इटहरी (डेस्क) : झापा र उदयपुरका दुई छुट्टाछुट्टै स्थानबाट नियन्त्रित लागूऔषध ब्राउनसुगरसहित पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ ।
झापाको इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका ३ का ३० वर्षीय प्रफुल राजंशीलाई २ ग्राम २३० मिलिग्राम नियन्त्रित लागूऔषध ब्राउनसुगर सहित पक्राउ गरेको हो ।
राजवंशीको साथबाट प्रहरीले लागूऔषधसहित डिजिटल काँटा एकथान, नगद पाँच हजार २३० रुपैयाँ र विभिन्न कम्पनीको ४ थान मोबाइल समेत बरामद गरेको छ । यस्तै, उदयपुरको इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरी टोलीले बेलका नगरपालिका ९ बाट लागूऔषध ब्राउनसुगरसहित चारजनालाई पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले शनिबार राति १० बजे ७५ मिलिग्राम लागूऔषध ब्राउनसुगरसहित स्थानीय ३६ वर्षीय दिनेश खड्का, बेलका नगरपालिका २ का ३७ वर्षीय बिनोद परियार, बेलका नगरपालिका ७ का २८ वर्षीय मेजरमान राई र २९ वर्षीय बोगटी भनिने जीवन राईलाई पक्राउ गरेको हो ।
लागूऔषधसहित पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।












Discussion about this post