उदयपुर: उदयपुरको त्रियुगा नगरपालिका १३ पोर्ताहाका ४५ वर्षीय मेमोरी भन्ने किसन सदाले त्रियुगा नगरपालिका ८ उत्राईटोल का ६५ बर्षीय महिकर चौधरीलाई खुकुरी प्रहार गरि हत्या गरेका छन् ।
हिजो बिहान हत्या गरेको जानकारी प्राप्त हुना साथ जिल्ला प्रहरी कार्यालय उदयपुरबाट गएको प्रहरी टोलीले खुकुरी सहित सदालाई नियन्त्रणमा लिईएको छ ।
सदा चौधरीको घरमा काम गर्ने गरेको र सामान्य विबादको कारण चौधरीको घरमानै खुकुरी प्रहार गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घटना बारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।













Discussion about this post