मोरङ : मालपोत कार्यालय बिराटनगरका कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि सेवा प्रवाह पाँच दिनका लागि बन्द भएको छ । साउन १० गते आइतबारदेखि १५ गतेसम्म सेवा बन्द गरेको हो ।
पाँच जना कर्मचारीमा कोरोना सङ्क्रमण देखिएको र अन्य कर्मचारीलाई पनि कोरोनासँग मिल्दो जुल्दो लक्षण देखिएकाले साउन १७ गतेबाट मात्रै कार्यालय सुचारू हुनेछ ।
शुक्रबार सूचना जारी गर्दै कार्यालयले आन्तरिक व्यवस्थापन बाहेक सेवा प्रवाह नगर्ने जानकारी दिएको हो ।












Discussion about this post