विराटनगर : विराटनगर महानगरपालिका १७ मटेरुवा चोकबाट जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले स्रोत नखुलेको भारतीय र अमेरिकी डलरसहित दुईजना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारत उत्तर प्रदेश लखनउका ३४ वर्षीय अतुल कुमार र ३५ वर्षीय सन्दीप सिंह रोय रहेका छन् ।
भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरुको साथबाट भारतीय नोट ५०० को २०० थान १ लाख र सन्दीप सिंह रोयको साथबाट भारतीय नोट ५०० को २१७ थान १ लाख ८ हजार ५ सय, अमेरिकन नोट १०० को २१ थान, २० को ५ थान, १० को १ थान, र १ को ४ थानसहित पक्राउ गरेको हो ।
पक्राउ परेका दुवैजनालाई आवश्यक कारबाहीको लागि आन्तरिक राजश्व कार्यालय इटहरी ल्याइएको छ ।














Discussion about this post