मोरङ : मोरङ बेलबारी नगरपालिका ६ का ६३ वर्षीय पदम बहादुर गुरुङको करेन्ट लागेर मृत्यु भएको छ ।
शुक्रबार साँझ सिमावान स्थित कयार खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा आफैँलाई करेन्ट लागेर गुरुङको मृत्यु भएको प्रदेश १ प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय बेलबारीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।











Discussion about this post