विराटनगर : विराटनगर महानगरपालिका १६ दरैयामा एक युवकको शव फेला परेको छ ।
नेपाल–भारत सीमा क्षेत्रनजिक उखुबारीमा आइतबार बिहान युवकको शव फेला परेको हो । मृत अवस्थामा भेटिएका युवकको पहिचान हुन नसकेको प्रहरीले बताएको छ ।
कालो पेन्ट र सेटो रङ्गको सेन्डो गञ्जी लगाएका अन्दाजी २५।३० वर्षीय पुरुषको शव सीमा क्षेत्रको दशगजानजिक भेटिएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक प्रकाश राउत नेतृत्वको टोलीले फरेन्सिक डाक्टरसहित घटनास्थलमा पुगेर घटनाको अनुसन्धान थालेको छ ।
पोस्टमार्टम रिपोर्ट प्राप्त भइसकेपछि घटनाका बारेमा थप अनुसन्धान अगाडि बढाइने प्रहरीले जनाएको छ ।














Discussion about this post