इलाम : इलाम देउमाई नगरपालिका २ पुङफुङ का ८५ बर्षीय टेक बहादुर मुखियाको आफ्नै छोराको कुटाईबाट मृत्यु भएको छ ।
गत श्रावण ७ गते आफ्नै छोरा ३४ वर्षीय गिर्जमान मुखियाले सामान्य घरयासी विवादका कारण आफ्नै बुबा टेक बहादुरलाई कुटपिट गरि घाईते बनाएका थिए ।
घाईतेको बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचार हुन नसकी घर तर्फ फिर्ता ल्याउने क्रममा मृत्यु भएको हो । कुटपिट गर्ने गिर्जमानलाई जिल्ला प्रहरी कार्यालय इलामले पक्राउ गरि अनुसन्धान तथा कानुनी कारबाही प्रकृया अगाडी बढाएको जनाएको छ ।



















Discussion about this post