मोरङ : पैसा डबल हुन्छ भनि ठगी गर्दै हिडेको आरोपमा विराटनगरका १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा विराटनगर महानगरपालिका वडा नं ८ का चन्दन कुमार मुखिया रहेका छन् । फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय मोरङबाट गएको प्रहरी टोलीले आज पक्राउ गरेको हो ।
मुखियाले राज कुमार रायलाई पैसा डबल बनाई दिन्छु भनि रू। २,२०,०००।– दुई लाख बिस हजार लिएको र पैसा लिए पश्चात १ बाल्टिन चोखो पानी ल्याउनु भन्दै २ वटा गोल्डेन कलरको कागज झिकी पोको बनाई २ वटा केमिकल र सिरिन्ज समेत दिएको र २४ घण्टामा यो पोकोमा केमिकल सिरिन्जबाट हान्नु पैसा डबल हुन्छ भनि ठगी नगद रू। २,२०,०००।– दुई लाख बिस हजार लिई फरार रहेका थिए ।
मुखियालाई जिल्ला प्रहरी कार्यालय मोरङबाट गएको प्रहरी टोलीले नियन्त्रमा लिएर ठगी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post