कोरोना : सङ्क्रमणका कारण धरान वडा नं १५ का वृद्धको उपचारको क्रममा मृत्यु भएको छ ।
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड अस्पतालमा उपचारको क्रममा ८२ बर्षीय वृद्धको मृत्यु भएको हो । उनको आज विहान साढे १० बजे मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा चुडामणी पोखरेलले जानकारी दिएका छन् ।
प्रतिष्ठानका अनुसार मृतकलाई उच्च रक्तचापको पनि समस्या थियो । उनलाई साउन ६ गते संक्रमण पुष्टि भएको थियो भने साउन १० गते अस्पताल भर्ना गरिएको थियो ।














Discussion about this post