उदयपुर : उदयपुर बेलका नगरपालिका ८ कोठुबाट लागूऔषध गाँजासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भोजपुर हतुवागढी गाउँपालिका ८ का २६ वर्षीय नवीन्द्र राई र २३ वर्षीय हेमराज राई रहेका छन् ।
आइतबार साँझ इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिला र अस्थाई प्रहरी पोष्ट कोठुबाट खटिएको प्रहरी टोलीले को १ ज ४५९ नम्बरको बुलेरोलाई चेकजाँच गर्ने क्रममा बोलेरोको हुडमा २ वटा कपडाको झोलामा ४ केजी २०० ग्राम लागूऔषध गाँजा फेला पारेको थियो ।
गाँजा फेला परे पश्चात सोधपुछ गर्दा गाँजा नवीन्द्र र हेमराज राईको खुल्न आएसँगै उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका दुवैजनमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post