विराटनगर : विराटनगर महानगरपालिका २ दुर्गा चौकबाट लागूऔषध ब्राउनसुगरसहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मोरङ पथरीशनिश्चरे ६ का २३ वर्षीय नीरज गोडी रहेका छन् ।
आइतबार साँझ लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले उनलाई लागूऔषध ब्राउनसुगर ८ ग्रामसहित पक्राउ गरेको हो ।
पक्राउ परेका गोडीलाई जिल्ला प्रहरी कार्यालय मोरङबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।













Discussion about this post