इटहरी (डेस्क) : सुनसरीको बराहक्षेत्र नगरपालिका ७ बुद्ध चौकबाट गोरु काटिरहेको अवस्थामा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
शनिवार राति करिब साढे १० बजेको समयमा बुद्ध चौक स्थित चन्द्रबहादुर तामाङको घर पछाडि बहर गोरु काटिरहेको सूचनाको आधारमा दुईजनालाई प्रहरीले पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय महेन्द्रनगरका इन्चार्ज प्रहरी निरीक्षक पाण्डव राजवंशीका अनुसार पक्राउ पर्नेमा बराहक्षेत्र २ का गोपाल भनिने तिलबहादुर दाहाल र ३३ वर्षीय विजयकुमार राई रहेका छन् ।
पक्राउ परेका उनीहरुलाई जिल्ला अदालत सुनसरीबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको राजवंशीले जानकारी दिए ।












Discussion about this post