धरान : धरान उपमहानगरका मेयर तिलक राईले कोरोना विरुद्धको खोप लगाउन नगरबासीहरुमा अपिल गरेका छन् ।
मेयर राईले मङ्गलबार एक सन्देश जारी गर्दै साउन २०, २१ र २२ गते धरानका वडाहरुमा तोकिएको खोप केन्द्रमा जोनसन एण्ड जोनसन खोप लगाउन अपिल गरेका हुन् ।
जोनसन एण्ड जोनसन खोप ५० देखि ५४ वर्ष उमेर समूहका नागरिकहरु र अन्य लक्षित समूहलाई लगाइने मेयर राईले बताए । धरान वडा नं. १ स्थित उद्योग वाणिज्य संघमा साउन २० र २१ गते उद्योग व्यवसायीहरुलाई भेरोसेल खोप लगाइनेछ ।
यस्तै, उद्योग वाणिज्य संघमै २२ र २३ गते ५५ वर्ष उमेर माथिका र अन्य लक्षित समूहलाई भेरोसेल खोप लगाइने मेयर राईले बताए ।
‘कोरोना संक्रमणको अति उच्च जोखिमको क्षेत्रमा समेत परेको धरानमा संघीय सरकारको निर्देशन बमोजिम उपलब्ध गराएको कोरोना विरुद्धको खोप व्यवस्थापन गर्दै सहजीकरणका लागि यहि साउन २० देखि २२ गतेसम्म तोकिएको वडाहरुको खोपकेन्द्रमा जोनसन एण्ड जोनसन खोप ५० देखि ५४ वर्ष उमेर समुहका नागरिकहरु र अन्य लक्षित समूह (वैदेशिक रोजगारमा जाने, अति अपाङ्ग तथा पूर्ण अपाङ्ग भएका नागरिकहरु, स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरु र सरसफाईकर्मीहरु) लाई खोप लगाउन हुन अनुरोध गर्दछु ।’ मेयर राईले भने ।
यस्तै, साउन २० र २१ गते वडा नं. १ स्थित उद्योग वाणिज्य संघमा कोरोना विरुद्धको भेरोसेल खोप उद्योग व्यवसायीहरुलाई लगाईने छ ।
उक्त खोप केन्दमा साउन २२ र २३ गते ५५ वर्ष उमेर माथिका र अन्य लक्षित समुह (मानव अधिकारकर्मी, विमा, लगुवित्त, आएमई, सहकारी, सञ्चारकर्मी, छुटेका कर्मचारी, रेडक्रस, लाईन्स क्लब, रोटरी, संघ संस्था, छुटेका संस्थानका कर्मचारी, ईन्टरनेट–केवलमा कार्यरत कर्मचारी, शैलुन) लाई लगाइने राईले जानकारी दिए ।
यस्तै, मेयर राईले अहिले कोरोना भाइरसको नयाँ भेरियन्ट तीब्र गतिमा बढिरहेको र पछिल्लो समयमा विश्वका धेरै मुलुक लगायत नेपालमै पनि अत्यन्तै महामारीको रुपमा यसले अकल्पनीय रुपमा मानवीय क्षति भइरहेकोले बेलैमा कोरोनाको संक्रमण विरुद्धमा सचेत र सजग रहन पनि आम नगरबासीलाई आग्रह गरेका छन् ।
पछिल्लो समय धरानमा कोरोना संक्रमणदर उच्च र मृत्युदर पनि दैनिक रुपमा बढिरहेको अवस्था रहेको स्वास्थ्य शाखाले जनाएको छ ।
अत्यावश्यक काम परे मात्रै घर बाहिर निस्किन र निस्कनै परे अनिवार्य नाक मुख छोपिने गरी मास्क र स्यानिटाइजरको प्रयोग गर्नुका साथै साबुन पानीको प्रयोग गरि पटकपटक हात धुन तथा सामाजिक दुरी कायम गरी स्वास्थ्य मापदण्ड अपनाएर मात्रै निस्कन उपमहानगरले आग्रह गरेको छ ।



















Discussion about this post