मोरङ : मोरङको सुन्दरहरैचा नगरपालिका ७ बाट लागूऔषध गाँजा सहित सिटी सफारी चालकलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धनकुटा शहिद भूमी गाऊपालिका ५ घर भई हाल सुन्दरहरैचा नगरपालिका ५ मा डेरा गरी बस्ने २४ वर्षीय ईमान राई रहेका छन् ।
इलाका प्रहरी कार्यालय बेलबारीबाट गएको प्रहरी टोलीले दक्षिण तर्फ जादै गरेको राईले चलाएको को १ ह ७९८५ नम्बरको सिटि सफारी चेकजाँच गर्ने क्रममा लागूऔषध गाँजा फेला परे पश्चात राईको कोठा समेतमा खानतलासी गर्दा लागूऔषध गाँजा ७ केजी ९८४ ग्राम बरामद गरिएको हो ।
सिटी सफारी सहित पक्राउ परेका राईलाई इलाका प्रहरी कार्यालय बेलबारीबाट थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post