मोरङ : मोरङको लेटाङ नगरपालिका ९ बुढौली चौकबाट प्रतिबन्धित औषधीसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा लेटाङ ८ का २४ वर्षीय पदम बहादुर राई रहेका छन् ।
सोमबार साँझ अस्थाई प्रहरी चौकी जाँतेबाट खटिएको प्रहरी टोलीले उनलाई प्रतिबन्धित औषधी २०० ट्याब्लेट र स्पासपेन १७० ट्याब्लेटसहित पक्राउ गरिएको हो ।
पक्राउ परेका राईलाई इलाका प्रहरी लेटाङबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post