बराहक्षेत्र : सुनसरीको बराहक्षेत्र नगरपालिका १ का ६३ वर्षीय बरमबहादुर राईलाई एक थान भरुवा बन्दुकसहित प्रहरीले पक्राउ गरेको छ ।
साउन २६ गते राईले बाँदरलाई गोली हान्दा उनकै नाति १३ वर्षीय अभिषेक राईलाई बन्दुकको छर्राले लागेर घाइते भएका थिए । घाइतेको धरानस्थित वीपी प्रतिष्ठानमा उपचार भइरहेको छ । विशेष सूचनाको आधारमा प्रहरीले उनलाई खोजतलास गरिरहेको थियो ।
खोजतलासकै क्रममा बिहीबार जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले राईलाई विराटनगरबाट पक्राउ गरि इलाका प्रहरी कार्यालय महेन्द्रनगर बुझाएको थियो । पक्राउ परेका राईको घर कोठाभित्र शुक्रबार प्रहरी टोली खटि गई लुकाई छिपाई राखेको एक नाल भरुवा बन्दुक समेत बरामद गरेको छ ।
पक्राउ परेका उनलाई ज्यान मार्ने उद्योग र हातहतियार मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post