मोरङ : मोरङको बेलबारीमा लागूऔषध ब्राउनसुगरसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा झापा बुद्धशान्ति गाउँपालिका ५ का ३४ वर्षीय खेम मगर र झापा मेचीनगर ३ का ३९ वर्षीय लोकबन्धु दर्नाल रहेका छन् ।
शुक्रबार साँझ इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले बेलबारी नगरपालिका १० स्थित लक्ष्मीमार्गबाट मगरलाई लागूऔषध ब्राउनसुगर १ ग्राम ६७ मिलिग्रामसहित पक्राउ गरेको हो ।
पक्राउ परेका मगरले अनुसन्धानको क्रममा लोकबन्धु दर्नालबाट खरिद गरेको भनि खुलाए पश्चात तत्काल प्रहरी टोली खटि गई दर्नाललाई बेलबारी नगरपालिका ३ पशुहटिया स्थितबाट लागूऔषध ब्राउनसगुर ९ ग्राम ९३ मिलिग्रामसहित पक्राउ गरेको छ ।
पक्राउ परेका दुवैजना उपर इलाका प्रहरी कार्यालय बेलबारीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post