मोरङ : मोरङको मिक्लाजुङ गाउँपालिका ३ स्थित सुन्दरी चौकबाट प्रतिबन्धित औषधिसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मिक्लाजुङ गाउँपालिका ४ का २१ वर्षीय बिदुर राई र उर्लाबारी नगरपालिका ३ का २२ वर्षीय बिक्रान्त अधिकारी रहेका छन् ।
सोमबार इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई प्रतिबन्धित औषधी Tramadol Capsule – २८८२ र Spas pain Tablet – २९२० सहित पक्राउ गरेको हो ।
पक्राउ परेका दुवैजनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post