Thursday, September 10, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

धरानमा लकडाउन अवधिभर वीपी प्रतिष्ठान आसपासका होटलहरु खोल्न नपाइने

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
भदौ ३, २०७८
in समाचार
0
धरानमा लकडाउन अवधिभर वीपी प्रतिष्ठान आसपासका होटलहरु खोल्न नपाइने
219
SHARES
Share on FacebookShare on Twitter

धरान : धरानमा लकडाउन अवधिभर वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान आसपासका होटलहरुमा कडाइ गरिने भएको छ ।

बिहीबार वीपी प्रतिष्ठानका निर्देशक प्रा.डा. गौरी शंकर शाहको कार्यकक्षमा मेयर तिलक राई, उपमेयर मञ्जु भण्डारीसहित बसेको सर्वपक्षीय छलफलले प्रतिष्ठानमा कडाइ गर्ने निर्णय गरेको हो ।

इलाका प्रशासन कार्यालय धरानका प्रमुख सुवास कुमार लामिछानेले भने, ‘धरानमा ४ गतेदेखि १० दिनसम्म कडाइका साथ लकडाउन हुँदैछ, त्यसको तयारीको सिलसिलामा वीपीमा ठूलो संख्यामा बिरामीहरु आउने, उनीहरुको व्यवस्थापन गर्न, बिरामीको कुरुवाहरुलाई व्यवस्थित गर्न छलफल भयो ।’

उनका अनुसार वीपी प्रतिष्ठान अगाडि रहेका सबै होटलहरु समेत बन्द गर्ने निर्णय भएको छ । प्रतिष्ठानमा उपचार गर्न आएका बिरामी र कुरुवाहरुलाई भित्रै खानाको व्यवस्था गर्ने तयारी भएको छ । प्रतिष्ठानभित्रका क्यान्टिनहरु खुला हुनेछ ।

प्रतिष्ठानभित्र रहेका विद्यार्थी, कर्मचारीहरुलाई लकडाउनको बारेमा सुसूचित गर्न पदाधिकारीसँग छलफल गरिएको उनले जानकारी दिए ।

डेपुटी अस्पताल निर्देशक डा. दिव्यराज मिश्राले लकडाउन अवधिभर प्रतिष्ठानमा कार्यरत डाक्टर, नर्श, कर्मचारीहरुलाई आवतजावत गर्न पासको व्यवस्था गरिने छ । गत वर्ष पासको दुरुपयोग भएको कारण यसपटक रुटको आधारमा पास वितरण गरिने उनले बताए ।

प्रत्येक दिन धरानका एक सय जना मानिसहरुको पीसीआर परीक्षण गरिने निर्णय भएको छ । त्यसको लागि उपमहानगरपालिकाबाट सिफारिस ल्याउनुपर्ने छ । प्रतिष्ठानभित्र अत्यावश्यक रुपमा हिँडडुल गरिरहेको पाइएमा कार्बाही पनि गरिनेछ ।

छलफलमा अनुसन्धान अधिकृत सुकित चौधरी, ईमरजेन्सी मेडिसिन प्रमुख प्रा.डा. ज्ञानेन्द्र मल्ल, मेट्रोन नर्शिङ सेवा प्रमुख गायत्री राई, स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहता, वडा नं. १७ का वडाध्यक्ष मनोज भट्टराई, अस्पताल प्रशासन सुपरभाईजर अशोक कुमार शाह, सशस्त्र प्रहरी नायव उपरीक्षक कृष्णकुमार श्रेष्ठ, जिल्ला ट्राफिक कार्यालयका प्रहरी निरीक्षक भुवनबाबु खड्का, नगर प्रहरी निरीक्षक विष्णु कोइरालाको उपस्थिति रहेको थियो ।

यो पनि – धरानमा भदौ ४ गतेदेखि कडा लकडाउन गर्ने निर्णय, औषधि बाहेक अन्य सबै पसल बन्द

Tags: #धरान#धरान उपमहानगरपालिका#लकडाउन
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

साइबर मुद्दामा  पूर्व विव्यस अध्यक्ष  झा पक्राउ
FEATURE BREAKING

साइबर मुद्दामा पूर्व विव्यस अध्यक्ष झा पक्राउ

by टाकुरा न्यूज । इटहरी
भदौ २४, २०८३
0

इटहरी । पकली माध्यमिक विद्यालय व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष विनोद झा पक्राउ परेका छन्। इटहरी–१७ का वडाध्यक्ष प्रभातकुमार आचार्यले दिएको...

खरानी टक्टक्याएर फेरि उठ्यो धरानमा भाटभटेनी
FEATURE BREAKING

खरानी टक्टक्याएर फेरि उठ्यो धरानमा भाटभटेनी

by टाकुरा न्यूज । इटहरी
भदौ २४, २०८३
0

धरान । गत वर्ष जेनजी आन्दोलनमा आगलागी तथा तोडफोडका कारण पूर्ण रुपमा बन्द भएको धरानस्थित भाटभटेनीले आफ्नो सेवा सुरु गरेको...

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १६ वर्षपछि पक्राउ

बाह्रसय किलाे गाँजासहित ट्रक नियन्त्रणमा

भदौ २४, २०८३
ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ

अदालतबाट दोषी ठहर भई फरार रहेका दुई प्रतिवादी पक्राउ

भदौ २४, २०८३
अग्रज पत्रकार बद्रीप्रसाद काफ्लेको निधन

अग्रज पत्रकार बद्रीप्रसाद काफ्लेको निधन

भदौ २४, २०८३
खोल्साखाल्सी र कुवाको पानीमा निर्भर उदयपुरका तीन पालिका

खोल्साखाल्सी र कुवाको पानीमा निर्भर उदयपुरका तीन पालिका

भदौ २३, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

साइबर मुद्दामा  पूर्व विव्यस अध्यक्ष  झा पक्राउ

साइबर मुद्दामा पूर्व विव्यस अध्यक्ष झा पक्राउ

भदौ २४, २०८३
खरानी टक्टक्याएर फेरि उठ्यो धरानमा भाटभटेनी

खरानी टक्टक्याएर फेरि उठ्यो धरानमा भाटभटेनी

भदौ २४, २०८३
कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १६ वर्षपछि पक्राउ

बाह्रसय किलाे गाँजासहित ट्रक नियन्त्रणमा

भदौ २४, २०८३
ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ

अदालतबाट दोषी ठहर भई फरार रहेका दुई प्रतिवादी पक्राउ

भदौ २४, २०८३



लाेकप्रिय

  • इटहरीमा निर्वाचन बहिष्कार गतिविधिमा संलग्न आरोपमा दुई नेता पक्राउ

    इटहरीका दुई ठाउँबाट ब्राउनसुगर बरामद, एक युवतीसहित तीन जना पक्राउ

    310 shares
    Share 124 Tweet 78
  • इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

    294 shares
    Share 118 Tweet 74
  • इटहरीमा कोरियाको सपना देखेका अनोज : ‘चीन पुगे’ भन्दै ढाँटिए, त्यसपछि कुशको शवमा बिदाइ

    288 shares
    Share 115 Tweet 72
  • इटहरीमा ब्राउनसुगरसहित दुई युवक पक्राउ

    283 shares
    Share 113 Tweet 71
  • सङ्खुवासभामा गोली हानेर प्रधानाध्यापकको हत्या

    233 shares
    Share 93 Tweet 58

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.