मोरङ : मोरङको उर्लाबारी नगरपालिका वडा नम्बर १ चिसापानीका ३८ वर्षीय बिष्णु जोगीको करेन्ट लागेर मृत्यु भएको छ ।
शनिबार दिउँसो सोही स्थानमा रहेको चिस्यानी होली स्थित पैनीमा बिद्युतीय करेन्ट लगाई माछा मार्ने क्रममा बिद्युत सर्ट भई करेन्ट लागेर उनको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए ।
घटनापछि प्रहरीले विष्णुसँगै खोलामा माछा मार्न गएका उर्लाबारी १ का २८ वर्षीय लालबहादुर जोगी र मोरङको मिक्लाजुङ गाउँपालिका ७ का ५० वर्षीय मिलन राईलाई पक्राउ समेत गरेको छ ।
उनका अनुसार माछा मार्न खोलामा करेन्ट प्रवाह गर्ने व्यक्तिहरुसहित केही स्थानीयलाई नियन्त्रणमा लिएर घटनाका बारेमा अनुसन्धान एवं सोधपुछ थालिएको छ ।











Discussion about this post