इटहरी : सुनसरीको छुट्टा–छुट्टै स्थानबाट प्रहरीले लागूऔषध ब्राउनसुगरसहित ६ जनालाई पक्राउ गरेको छ ।
प्रदेश १ प्रहरी कार्यालय विराटनगरका अनुसार आइतबार बेलुका बराहक्षेत्र नगरपालिका ३ बाङ्गेबाट इलाका प्रहरी कार्यालय महेन्द्रनगर र १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरबाट खटिएको प्रहरी टोलीले बिशेष सूचनाको आधारमा ब्राउनसुगरसहित चारजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बराहक्षेत्र ६ का पुरुषोतम मेहता, २९ वर्षीय बिशाल बस्नेत, बराहक्षेत्र ९ का २८ वर्षीय पाथे चन्द्रबंशी, र २८ वर्षीय जयन्त माईला रहेका छन् ।
प्र १–०२–०४४ प ४५५६ र प्र १–०२–०४२ प ४२२९ नम्बरको मोटरसाइकलमा सवार रहेका उनीहरुलाई शंका लागेर चेकजाँच गर्ने क्रममा मेहताको साथबाट ब्राउनसुगर ७ ग्राम ४३० मिलिग्राम फेला परेकोले दुवै मोटरसाइकल र चारैजनालाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा राखेर थप कारबाही अगाडि बढाइएको छ ।
यस्तै, सुनसरीकै धरान १० स्थित रहेको ड्रिमल्याण्ड होटलबाट इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले सप्तरी राजविराज नगरपालिका ११ का ३० वर्षीय वर्मदेव चौधरी र धरान ३ का २४ वर्षीय मोमहम्मद नुरदिनलाई ब्राउनसुगर ३ ग्रामसहित पक्राउ गरेको छ ।
पक्राउ परेका उनीहरुको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post