इटहरी : मोरङको विराटनगर महानगरपालिका १५ स्थित १ नम्बर ढाँटबाट लागूऔषधसहित एक जनालाई पक्राउ गरिएको छ ।
पक्राउ पर्नेमा सुनसरी धरान उपमहानगरपालिका ६ का २० वर्षीय निखिल राय रहेका छन् ।
मंगलबार बेलुका लागूऔषध नियन्त्रण व्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले उनलाई लागूऔषध लुपिजेसिक १५ एम्पुल, डाईजाल्याब १५ एम्पुल, एभिल १४ एम्पुल र फेनारगन १५ एम्पुल सहित पक्राउ गरिएको हो ।
पक्राउ परेका रायलाई इलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post