विराटनगर : अस्पतालमा आएका बिरामीलाई झुक्याएर निजी क्लिनिकमा लैजाने विराटनगरका १० जना बिचौलियालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी दीपक श्रेष्ठका अनुसार विराटनगरको नोबेल अस्पताल आसपासबाट सातजना र कोसी अस्पताल नजिकबाट तीन जनालाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा विराटनगरको नोबेल शिक्षण अस्पताल नजिकको अली फार्मेसीबाट विराटनगर महानगरपालिका ७ का १८ वर्षीय विश्वास मण्डल, युनिक केयर फार्मेसीबाट विराटनगर १४ का २३ वर्षीय रोशन गुप्ता, कृपा फार्मेसीबाट विराटनगर ४ का १९ वर्षीय सुजित यादव र विराटनगर ५ का २१ वर्षीय समीर खान, क्याटलाइसिस फर्माबाट विराटनगर ५ का २२ वर्षीय फिरोज रोय, एपी फार्मेसीबाट विराटनगर ५ का १८ वर्षीय सरोज खान र दाजुभाइ फार्मेसीबाट विराटनगर ३ का १८ वर्षीय अमित यादव छन् ।
यस्तै, कोसी अस्पताल नजिकको मेनुका औषधि पसलबाट सुनसरीको दुहवी ६ का ५४ वर्षीय श्रीराम चौधरी, मोरङको कटहरी ३ का ४२ वर्षीय मोहमद जलिछ र एन्जल फार्मेसीबाट सिहराको सिरहा २ का २० वर्षीय सूर्यनारायण यादवलाई पक्राउ गरिएको हो ।
कमिसन पाउने भएकाले बिचौलियाले आफ्नो सम्पर्कमा भएका क्लिनिकमा लगेर उपचार गराउन लगाउने तथा फार्मेसीमा महँगो मूल्य तिराएर औषधि किनाउने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
पक्राउ परेकाहरूविरुद्ध प्रहरीले अभद्र व्यवहार मुद्दा चलाउन बुधबार म्याद थप गरेर अनुसन्धान अघि बढाएको जनाएको छ ।
यो पनि – मोरङमा आफ्नो सेटिङको अस्पताल लैजानका लागि सर्वसाधारणलाई दुःख दिने दुई बिचौलिया पक्राउ














Discussion about this post