Saturday, September 12, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

कामधेनुका कर्मचारी आत्महत्या प्रकरण : दुई फरार प्रतिवादी पक्राउ गर्न अदालतको आदेश

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
जेष्ठ २४, २०८३
in टाकुरा विशेष, समाचार
0
कामधेनुका कर्मचारी आत्महत्या प्रकरण : दुई फरार प्रतिवादी पक्राउ गर्न अदालतको आदेश
273
SHARES
Share on FacebookShare on Twitter

इटहरी : आत्महत्या दुरुत्साहन सम्बन्धी कसुरमा फरार रहेका दुई प्रतिवादीलाई पक्राउ गरी अदालतमा उपस्थित गराउन झापा जिल्ला अदालतले आदेश दिएको छ।

नेपाल सरकार वादी रहेको उक्त मुद्दामा कमल मिश्र र तेजप्रसाद सुवेदीसमेतको जाहेरीका आधारमा प्रतिवादीहरू रञ्जित कुमार झा र शेरबहादुर खड्का विरुद्ध कानुनी प्रक्रिया अघि बढाइएको हो।

अदालतका अनुसार इटहरी उपमहानगरपालिका–१ आँपगाछीमा बसोबास गर्दै आएका झापाको साविक कुमरखोद गाविस–९ निवासी ४३ वर्षीय झा र तेह्रथुमको साविक जलजले गाविस–४ निवासी हाल मोरङको सुन्दरहरैंचा नगरपालिका–४ बस्ने ३५ वर्षीय खड्का अदालतमा उपस्थित नभएपछि पक्राउ पुर्जी जारी गरिएको हो।

झा विरुद्ध ७ दिनको पक्राउ पुर्जी जारी गरिएको छ भने तोकिएको अवधिभित्र उपस्थित नभए ३५ दिनको थप पक्राउ पुर्जी तामेल गरी खोजतलास तीव्र बनाउन अदालतले निर्देशन दिएको छ। खड्काका नाममा भने ३५ दिनको पक्राउ पुर्जी जारी गरिएको अदालतले जनाएको छ।

झापा जिल्ला अदालतले इलाका प्रहरी कार्यालय दमकलाई पत्राचार गर्दै दुवै प्रतिवादीलाई खोजतलास गरी पक्राउ गरेर अदालतमा उपस्थित गराउन निर्देशन दिएको छ। अदालतले तोकिएको अवधिभित्र उपस्थित नभए थप कानुनी प्रक्रिया अघि बढाइने चेतावनीसमेत दिएको छ।

मुद्दा सम्बन्धी घटनामा इटहरी उपमहानगरपालिका–१ आँपगाछीस्थित कामधेनु दुग्ध विकास सहकारी संस्थामा कार्यरत प्रेमप्रसाद मिश्रले १७ कात्तिक २०८२ मा झापाको गौरादह नगरपालिकास्थित आफ्नै कोठामा आत्महत्या गरेको बताइएको छ।

आत्महत्याअघि लेखिएको सुसाइड नोटमा सोही संस्थाका तत्कालीन मार्केटिङ म्यानेजर रञ्जित कुमार झा र बजार प्रतिनिधि शेरबहादुर खड्काका कारण आफू आत्महत्या गर्न बाध्य भएको उल्लेख गरिएको प्रहरीले जनाएको छ।

मिश्रले संस्थाकै दुई जना कर्मचारीको नाम उल्लेख गरी आत्महत्या गरेपनि उक्त घटनालाई सामसुम पार्ने प्रयास गरिएको थियो। संस्थाका अध्यक्ष यादप ढकालले मिश्रको काममा असन्तुष्टि जनाउँदै केही स्पष्टीकरण सोधेका थिए।

संस्थाबाट पटकपटक दबाब दिइएको र मानसिक यातना दिइएकाले मिश्रले आत्महत्या गरेको पीडित परिवारले दाबी गर्दै आएका छन्।

यो पनि – कामधेनुका अध्यक्षलाई झट्का, निष्कासित दुई सदस्यको सदस्यता कायम गर्न रजिस्ट्रार कार्यालयको निर्देशन

यो पनि – कामधेनु सहकारीले रजिस्ट्रार कार्यालयलाई बुझायो जवाफ, प्रक्रिया नपुगे कारबाही हुने संकेत

यो पनि – कामधेनु सहकारीको विवाद उत्कर्षमा, सेयर सदस्य निष्कासनपछि रजिष्ट्रार कार्यालयले माग्यो जवाफ

यो पनि – कर्मचारी आत्महत्या प्रकरणमा घेरिएपछि कामधेनु सहकारीद्वारा पत्रकारलाई खाममा पैसा !

यो पनि – कामधेनु सहकारीमा ‘सुसाइड नोट’ प्रकरण : घटना सामसुम पार्न पूर्व अध्यक्षसहित तीन जनामाथि कारबाही

Tags: अदालतआत्महत्या दुरुत्साहनकामधेनुटाकुरा विशेष
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

झापामा चट्याङले लागेर एकैदिन तीनको मृत्यु
समाचार

चट्याङ लागेर युवाको ज्यान गयो

by टाकुरा न्यूज । इटहरी
भदौ २७, २०८३
0

उदयपुर । उदयपुरको कटारी नगरपालिका वडा नम्बर ८ मा शनिबार दिउँसो चट्याङमा लागेर एक जना युवाको ज्यान गएको छ ।...

बरमझियाका पेडा : बसाइ सरेर उदयपुरतिर
FEATURE BREAKING

बरमझियाका पेडा : बसाइ सरेर उदयपुरतिर

by टाकुरा न्यूज । इटहरी
भदौ २७, २०८३
0

उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिकाको वडा नं ३ र ४ बसाहा वरपर तथा मदन भण्डारी लोकमार्ग दायाँबायाँ अहिले सप्तरीको बरमझियाका...

एक क्विन्टेल लागूऔषध गाँजासहित ५ जना पक्राउ

एक क्विन्टेल लागूऔषध गाँजासहित ५ जना पक्राउ

भदौ २७, २०८३
इटहरी कांग्रेस : अबको नेतृत्व कसको ?

इटहरी कांग्रेस : अबको नेतृत्व कसको ?

भदौ २७, २०८३
बाढीपीडितको राहतमा जुट्यो तरहरा

बाढीपीडितको राहतमा जुट्यो तरहरा

भदौ २७, २०८३
इलाममा अटो दुर्घटनामा ६ जना सख्त घाइते

इलाममा अटो दुर्घटनामा ६ जना सख्त घाइते

भदौ २६, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

झापामा चट्याङले लागेर एकैदिन तीनको मृत्यु

चट्याङ लागेर युवाको ज्यान गयो

भदौ २७, २०८३
चाँडै खरानी घस (कविता)

चाँडै खरानी घस (कविता)

भदौ २७, २०८३
बरमझियाका पेडा : बसाइ सरेर उदयपुरतिर

बरमझियाका पेडा : बसाइ सरेर उदयपुरतिर

भदौ २७, २०८३
एक क्विन्टेल लागूऔषध गाँजासहित ५ जना पक्राउ

एक क्विन्टेल लागूऔषध गाँजासहित ५ जना पक्राउ

भदौ २७, २०८३



लाेकप्रिय

  • सर्पको टोकाइबाट एक महिलाको मृत्यु

    इटहरीमा सर्पदंशपछि तीन अस्पताल डुलाउँदा पनि बचिनन् बालिका

    344 shares
    Share 138 Tweet 86
  • इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

    295 shares
    Share 118 Tweet 74
  • इटहरीमा कोरियाको सपना देखेका अनोज : ‘चीन पुगे’ भन्दै ढाँटिए, त्यसपछि कुशको शवमा बिदाइ

    290 shares
    Share 116 Tweet 73
  • इटहरीका दुई ठाउँबाट ब्राउनसुगर बरामद, एक युवतीसहित तीन जना पक्राउ

    312 shares
    Share 125 Tweet 78
  • इटहरी कांग्रेस : अबको नेतृत्व कसको ?

    242 shares
    Share 97 Tweet 61

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.