विराटनगर : विराटनगरमा नेपाल आयल निगम डिपोको पार्किङमा राखिएको डिजेलसहितको ट्यांकर चोरी भएको छ ।
आइतबार राति करिब साढे १ बजे पार्किङ लटमा राखिएको ट्यांकर चोरी भएको हो ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी दीपक श्रेष्ठका अनुसार चोरीको आरोपमा ट्यांकरसहित विराटनगर महानगरपालिका ४ का २६ वर्षीय श्रवणकुमार यादवलाई पक्राउ समेत गरिएको छ । यादव निगमका पूर्व चालक हुन् ।
राति ट्यांकर लिएर भाग्दै गर्दा बूढीगंगा गाउँपालिका ३ बाँसबारीबाट ना ४ ख ४६९ नम्बरको ट्यांकरसहित यादवलाई नियन्त्रणमा लिएको डीएसपी श्रेष्ठले जानकारी दिए ।
प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार पक्राउ परेका यादवसहित अन्य चार–पाँच जनाको चोरीमा संलग्नता देखिएकाले उनीहरुको खोजी कार्य तथा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।













Discussion about this post