झापा : झापामा लागूऔषधसहित तीनजना पक्राउ परेका छन् ।
लागूऔषध कारोबार गर्ने तीनलाई प्रहरीले अर्जुनधारा ४ मदनपुरबाट पक्राउ गरेको हो ।
लागूऔषध ब्युरो काँकडभिट्टा, इलाका प्रहरी कार्यलय बिर्तामोड र प्रहरी चौकी शनिश्चरेबाट खटिएको संयुक्त प्रहरी टोलीले अर्जुनधारा २ बस्ने १८ वर्षीया एबिट बुढाथोकी, ३० वर्षीय सजित समाल र अर्जुनधारा ३ का २६ वर्षीय सौगात खतिवडालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
पक्राउ परेका उनीहरुको साथबाट ७ ग्राम ब्राउनसुगर, ४९ हजार ५ सय नगद र ५ थान मोबाइल समेत बरामद गरिएको छ । पक्राउ परेका तीनैजनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post