इटहरी : सुनसरीको गढी गाउँपालिका १ का वडाध्यक्ष शंकरप्रसाद चौधरीको निधन भएको छ ।
उनको बुधबार (आज) विराटनगरको विराट टिचिङ अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।
उनी मुटु सम्बन्धी समस्याका कारण अस्पताल भर्ना भएका थिए । चौधरी गत ०७४ सालको स्थानीय निर्वाचनमा एमालेका तर्फबाट वडाध्यक्षमा निर्वाचित भएका थिए।
चौधरीका श्रीमती, एक छोरी र एक छोरा रहेका छन् ।














Discussion about this post