इटहरी : नेकपा एमाले प्रदेश १ को कार्यदलले प्रदेशका १४ जिल्लाहरुमा २०७५ जेठ २ अघिकै पुरानो नेतृत्व स्थापित गर्ने निर्णय गरेको छ । यो सँगै सुनसरीमा एमाले अध्यक्ष रमेश बस्नेतको समूहले आधिकरिकता पाएको छ ।
बस्नेतको समूहले आधिकारिकता पाएसँगै रेवतीरमण भण्डारीको अध्यक्षतामा बनेको सुनसरीको एमाले जिल्ला कमिटी खारेज भएको छ ।
कार्यदलको यो निर्णयपछि इटहरीउपमहानगरपालिकाका मेयर द्धारिकलाल चौधरीले रेवतीरमण भण्डारीलाई कटाक्ष गरेका छन् ।
एमालेबाट निवार्चित मेयर चौधरीले आज (शुक्रबार) बिहान सामाजिक सञ्जाल फेसबुकमा भण्डारीको फोटो पोष्ट गर्दै लेखेका छन्,‘मणि हराएका नाग ।’चौधरीको यो पोष्ट कार्यदलले गरेको निर्णयप्रति लक्षित रहेको छ । पोष्टमा अधिकांशले मेयर चौधरीको आलोचना गरेका छन् ।
एमालेले १० बुँदे सहमतिलाई कार्यान्वयन गर्न सहजीकरणको लागि प्रदेश १ मा ५ जना नेताहरु रहेको कार्यदल गठन गरेको थियो । उक्त कार्यदलमा रहेका मुख्यमन्त्री एवं प्रदेश १ इञ्चार्ज भीम आचार्य, सुवास नेम्बाङ, शेरधन राई, देवराज घिमिरे र टंक आङबुङ रहेका थिए ।














Discussion about this post