खोटाङ : खोटाङ हलेसी तुवाचुङ नगरपालिका १० बाट प्रहरीले भरुवा बन्दुकसहित दुईजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सोही स्थानका ४९ वर्षीय दिलसेर राई र खड्गसिंह राई रहेका छन् ।
शनिबार भरुवा बन्दुक लुकाई, छिपाई राखेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय खोटाङबाट खटिएको प्रहरी टोलीले उनीहरुको घर खानतलासी गर्दा दुवैजनाको घरबाट अवैध रुपमा लुकाई राखेको दुई नाल भरुवा बन्दुक बरामद गरेको हो ।
बन्दुक बरामदसँगै उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । पक्राउ परेका दुवैमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post