तरहरा : विभिन्न जिल्लामा नेपाली कांग्रेसको १४ औं महाधिवेशन भइरहेको छ । सुनसरीमा पनि कांग्रेसको महाधिवेशन भइरहेको छ ।
यसैबीच इटहरी २० मा कांग्रेसका सबै पद सर्वसम्मत चयन गरिएको छ । निर्वाचन अधिकृत मोहन दाहालका अनुसार सभापतिमा अर्जुन बस्नेत निर्विरोध निर्वाचित भएका छन् ।
यस्तै उपसभापतिमा दीप बहादुर पुरी र मनिष बस्नेत निर्वाचित भएका छन् । यस्तै, सचिवमा नूतन लुइँटेल र कमल बहादुर खड्का निर्वाचित भए ।
सहसचिवमा सुरेस गुरुङ र तीर्थराज गुरागाईँ निर्वाचित भएका छन् । यस्तै, ११ जना सदस्य निर्विरोध निर्वाचित भएका छन्
कोषाध्यक्ष पद भने मनोनीत गरिने भएकाले अहिले नै नाम सार्वजनिक गरिएको छैन ।
यस्तै, क्षेत्रीय प्रतिनिधिमा पनि सर्वसम्मत भएको छ । वडा नं. २० बाट ४३ जना क्षत्रीय प्रतिनिधिमा चयन भएका छन् ।
Discussion about this post