विराटनगर : मोरङ विराटनगर महानगरपालिका ४ कन्चनबारीमा प्रहरीले ५ केजी लागूऔषध गाँजा सहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनकुटा सहिद भूमि गाउँपालिका ७ का २४ वर्षीय सागर राई रहेका छन् ।
बिहीबार बेलुका साढे ८ बजे सिआरभी पोष्ट भट्टा चौकबाट खटिएको प्रहरी टोलीले सार्वजनिक सवारी साधन चेकजाँच गर्ने क्रममा राईलाई गाँजासहित पक्राउ गरेको हो ।
पक्राउ परेका उनलाई जिल्ला प्रहरी कार्यालय मोरङले थप अनुसन्धान गरिरहेको जनाएको छ ।













Discussion about this post