Tuesday, April 21, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

जघन्य अपराधका घटना परिवारकै सदस्यबाट, प्रदेश १ मा पारिवारिक अपराधको डरलाग्दो ग्राफ

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
भदौ २७, २०७८
in समाचार
0

बुधबार इटहरीस्थित बुढीगंगा जमुना मुक्तिघाटमा सामूहिक हत्यामा मारिएका मृतकको अन्तिम दाहसंस्कार गर्न भेला भएका मानिसहरू ।

181
SHARES
Share on FacebookShare on Twitter

इटहरी : गत सोमबार संखुवासभाको मादी–१ उम्लिङका एकै परिवारको ६ जनाको सामूहिक हत्यामा आफन्तको संलग्न भएको खुलेको छ ।

तेजबहादुर कार्कीको परिवारै सखाप हुने गरी भएको हत्याकाण्डमा प्रहरीको अनुसन्धानदेखि परिवार भित्रकै आफन्तबाट हत्या भएको खुलेको हो । ६ जनाको सामूहिक हत्या आरोपमा प्रहरीले मादी १ का २६ वर्षीय लोकबहादुर कार्कीलाई पक्राउ गरेको छ । पक्राउ परेका लोकबहादुर तेजबहादुरका नातामा भतिजा पर्दछन् ।

प्रहरीको दाबी अनुसार घटनामा प्रयोग भएको रगत लागेको हतियार र अभियुक्तले लगाएको कपडा समेत बरामद गरिएको छ । मादी नगरपालिका १ उम्लिङ खोलागाउँमा ६ फरक फरक स्थानमा एकै परिवारका ६ जनाको शव भेटिएका थियो । दुई नाबालक सहित सबैको हत्या गरिएको थियो ।

प्रहरीले नियन्त्रणमा लिएका युवकले रिसिबिका कारण हत्या गरेको बयान दिएको प्रहरीको दाबी छ । प्रहरीले नियन्त्रणमा लिएका युवक मृतक परिवारका १३ दिने नाता पर्ने एकै खलकका हुन् ।

प्रहरीका अनुसार पक्राउ परेका कार्की छिमेकी पनि हुन् । सोमबार बिहान करिब साढे ५ बजेतिर घटना भएको देखिएको छ । सुरुमा उनले तेजबहादुरको हत्या गरेको त्यसपछि अन्य सदस्यहरूको हत्या गरेको बयान दिएको प्रहरीको भनाई छ ।

घरभित्र, बाटोमा, बारी र खोल्सामा गरी सोमवार विभिन्न ४ ठाउँमा ६ वटा शव फेला परेको थियो । ८४ वर्षीय पार्वती कार्की, उनका छोरा ५२ वर्षीय छोरा तेजबहादुर कार्की, तेजबहादुरकी श्रीमती ५२ वर्षकै कमला कार्की, ३२ वर्षीय रञ्जना कार्की, ८ वर्षीय विपिन कार्की र पाँच वर्षकी गोमा कार्कीको हत्या भएको हो । हत्या भएका कार्की परिवारले आफूलाई हेप्दै आएको र मनमा त्यसको तुस रहिरहेकाले सोही दिन हत्या गरेको प्रहरीलाई उनले बयान दिएको प्रहरीको भनाइ छ ।

पछिल्लो समयमा भएका जघन्य अपराधका यस्ता घटनामा धेरैतिर परिवारकै सदस्यबाट हुने गरेको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरू बताउँछन् । पारिवारिक विवादलाई लिएर राष्ट्रिय अनुसन्धान कार्यालय खोटाङमा कार्यरत हवलदार ९सूचक ० ४२ वर्षीय भोला सिंहको असार २५ गते हत्या भयो ।

उनको विराटनगर ५ पृथ्वी चोकको घरमा हत्या भएको थियो । हत्या आरोपमा मोरङ प्रहरीले भोलाको भाइ ३१ वर्षीय साजन सिंहलाई पक्राउ गर्यो ।

राष्ट्रिय अनुसन्धानका सूचक सिंहको हत्या आफ्नै भाइले धारिलो हतियार प्रयोग गरेको मोरङ प्रहरीको अनुसन्धानदेखि खुलेको थियो । पक्राउ परेका साजनलाई प्रहरीले मोरङ अदालतमा ‘कर्तव्य ज्यान’ मुद्दामा म्याद थप गरी अहिले अनुसन्धान गर्दै आएको छ ।

१९ असारमा पनि श्रीमतीको ‘किचकिच’ सहन नसकेपछि मोरङको बेलबारी नगरपालिका ७ का दैलपुरका ५४ वर्षीय अम्बिका घिमिरेले आफ्नै श्रीमतीको हत्या गरेको प्रहरीको अनुसन्धानदेखि खुलेको छ । बेलबारी नगरपालिका ७ दैलतपुरका ४८ वर्षीय सीता घिमिरेको हत्या आरोपमा पति घिमिरे पक्राउ परेपछि यस्तो रहस्य बाहिर आयो ।

अम्बिकाले श्रीमतीको किचकिच सहन नसकेपछि मदिराको नशामा लट्ठिएर श्रीमतीको हत्या गरेको प्रहरीको प्रारम्भिक चरणको अनुसन्धानदेखि खुलेको मोरङ प्रहरीले जनाएको छ ।

जेठ ४ गते राती रंगेली नगरपालिका– ३ की २४ वर्षीय अनिता यादवको हत्या उनकै १९ वर्षीय देवर विनोद यादवले गरे । सामान्य घर झगडाको विषयलाई लिएर विनोदले आफ्नै भाउजूको बीभत्स तरिकाले हत्या गरेका थिए ।

आफ्नो निहित स्वार्थ पूर्तिका लागि जीवनभरि साथ दिने परिवार भित्रका सदस्य काल बनेर आउने गरेको घटना सार्वजनिक हुँदै आएको छ । सामान्य घरेलु विवादकै कारण आफन्तबाटै मारिनु पर्ने डरलाग्दो पारिवारिक अपराधको दर प्रदेश १ मा ह्वात्तै बढेको छ । भनाभनबाट सुरु हुने असमझदारी भौतिक आक्रमणको तहमा उक्लिने क्रम बढ्दै जाँदा यस्ता अपराधको सङ्ख्या पनि लगातार प्रदेशमा बढिरहेका छन् ।

१ नं। प्रदेश प्रहरी कार्यालय विराटनगरको पछिल्लो एक वर्षको तथ्याङ्क केलाउँदा र सुरक्षा अधिकारीहरूको अनुभवले सबैभन्दा सुरक्षित संस्था मानिने परिवार असुरक्षाको कारखानाजस्तै बनिरहेको देखाउँछ । प्रदेशमा पछिल्लो समयमा देखा परेका प्रतिनिधि घटनाहरूले पारिवारिक अपराधको ग्राफ उच्च भएको देखाउँछ ।

१४ जिल्ला रहेको प्रदेश १ मा ७ हजार ३ सय ८४ वटा मुद्दा दर्ता भएका मध्ये आर्थिक वर्ष २०७७र०७८ मा १ सय ४३ वटा कर्तव्य ज्यान मुद्दाको घटनामा पारिवारिक हत्याका मात्रै ५५ वटा घटना भएका छन् । एक वर्षमा ५५ वटा हत्याको घटनामा ५६ जना मारिएका १ नं। प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी नवीनराज राईले जानकारी दिए ।

आर्थिक वर्षमा भएका घटनामा ज्यान गुमाउने अधिकांश गृहिणी महिला छन् । पारिवारिक विवादमा ४६ महिला मारिएको प्रवक्ता एसपी राईले बताए । ‘सामान्य पारिवारिक विवादले हत्याको रूप लिँदा परिवारका सदस्यबाटै मारिनेमा अधिकांश गृहिणी महिला छन्’, प्रवक्ता राईले भने ।

सोलुखुम्बुबाहेक प्रदेश १ का १३ जिल्लामा पारिवारिक विवादमा हत्याका घटना भएका छन् । झापामा १२, सुनसरीमा ११, मोरङ र ताप्लेजुङमा पाँचरपाँच, इलाम र उदयपुरमा चाररचार, खोटाङमा तीन, ओखलढुङ्गा, तेह्रथुममा, धनकुटा, पाँचथर र सङ्खुवासभामा दुईरदुई तथा भोजपुरमा एउटा हत्याका घटना भएको प्रदेश प्रहरीले जनाएको छ ।

१ नंं। प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख डिआइजी अरुणकुमार बिसीले बढ्दो पारिवारिक हत्याका घटनाले परिवारभित्रै असुरक्षित महसुस गराएको बताए । उनले बेरोजगारीपछि उत्पन्न पारिवारिक किचलो, मदिरा तथा लागू औषधको बढ्दो सेवन, वैदेशिक रोजगारी, परिवारभित्र पैतृक सम्पत्तिको बाँडफाँट, मानसिक समस्या, र सबैलाई चिन्तित तुल्याएको बताए ।

‘कोरोना महामारीका कारण लामो समयसम्म घरभित्रै थुनिएर बस्नुपर्ने लगायतका कारण सुसुप्त रूपमा रहेका कलह विग्रहमा परिणत हुँदा रिस र आवेगमा यस्ता घटना हुने गरेको पाइन्छ,’ डिआइजी बिसीले भने, ‘जसले बाबु, आमा, छोरा, छोरी, दाजु, भाइ, श्रीमान्, श्रीमतीभित्र नै जघन्य अपराध निम्तिइरहेको थुप्रै उदाहरण छन् ।’ उनका अनुसार परिवारभित्रको हत्या लगायतका जघन्य अपराध रोकथाम र न्यूनीकरणका लागि विशेष जनचेतनामूलक कार्यक्रम सञ्चालनको तयारी भइरहेको जानकारी गराए ।

‘पछिल्लो समय बढ्दै गरेको आपराधिक क्रियाकलाप रोकथाम र नियन्त्रणको लागि अभियान सञ्चालन गर्ने तयारी गरिएको छ,’ डिआइजी बिसीले भने, ‘कोभिड १९ सहज भएपछि अभियान सञ्चालन गर्ने तयारी गरिएको छ ।’ स्केटक होल्डर र सामुदायिक प्रहरी साझेदारी मार्फत कार्यक्रम सञ्चालन गर्ने डिआइजी बिसीले जानकारी गराए ।

सामाजशास्त्री प्राध्यापक डा। डिल्ली प्रसाईँले पछिल्लो समय बढ्दो कलहसँगै सिर्जित अपराधका कारण पारिवारिक सम्बन्ध जटिल मोडमा पुगिरहेको विश्लेषण गर्छन् । सामाजिक र आर्थिक कारणले अहिले परिवार भित्रका सदस्य अपराध कर्ममा लाग्ने गरेको उनको बुझाइ छ । ‘बढ्दो प्रविधिको प्रयोग र व्यक्तिवादी सोच यसका मुख्य जड हुन्,’ उनले भने, ‘आफ्नो मात्रै हरेक कुरा प्रस्तुत गर्ने व्यक्तिवादी सोच सबैमा हाबी हुँदा सामूहिकता र हार्दिकता टुटेर गएको देखिन्छ ।’

सामाजिक असमानताको कारणले पनि यस्तो घटना हुने गरेको छ । उनका अनुसार कुनै पनि व्यक्तिलाई चाहिनेभन्दा बढी रिस उठ्नु यस्तो समस्याको प्रारम्भिक लक्षण हो । त्यस्तो बेलामा परिवारले उसलाई बुझ्ने वा उसको समस्या समाधान गरिदिने तत्परता देखाउनुपर्छ, सहयोग गर्नुपर्छ । अन्यथा, त्यसले डरलाग्दो रूप लिइसक्ने उनले बताए ।

अनिल श्रेष्ठले लेखेको यो समाचार ब्लाष्टखबरबाट साभार गरिएको हो ।

Tags: #प्रदेश १अपराधपत्रपत्रिका
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

बङ्गलादेशमा निर्यात गर्न लोड गरिएका कन्टेनर पूर्वी नाकामै रोकिए
समाचार

पूर्वी सीमा नाका ७२ घण्टा बन्द

by रासस
बैशाख ८, २०८३
0

झापा : भारतको पश्चिम बङ्गाल प्रान्तमा हुने विधानसभाको चुनावलाई लक्षित गर्दै सोमबार साँझदेखि ७२ घण्टाका लागि पूर्वी सीमानाका बन्द गरिएको...

इटहरी गोल्डकपको उपाधि गछिया युवा समाजलाई
FEATURE BREAKING

इटहरी गोल्डकपको उपाधि गछिया युवा समाजलाई

by टाकुरा न्यूज । इटहरी
बैशाख ८, २०८३
0

इटहरी : १६ औं संस्करणको अन्तराष्ट्रिय आमन्त्रण इटहरी गोल्डकपको उपाधि गछिया युवा समाजले जितेको छ । इटहरी रंगशालामा सोमबार भएको...

सुनसरीमा ७५ किलो गाँजासहित तीन जना पक्राउ

सुनसरीमा ७५ किलो गाँजासहित तीन जना पक्राउ

बैशाख ७, २०८३
झापाको मालपोतमा टोकन प्रणाली, अनधिकृत व्यक्तिको प्रवेशमा कडाइ

झापाको मालपोतमा टोकन प्रणाली, अनधिकृत व्यक्तिको प्रवेशमा कडाइ

बैशाख ७, २०८३
माछा पोखरीमा डुबेर एक पुरुषको मृत्यु

संखुवासभा : पौडी खेल्ने क्रममा चिप्लिएर खोलामा खसेर दुई बालकको मृत्यु 

बैशाख ७, २०८३
तेह्रथुममा छोराले बञ्चरो प्रहार गरी बाबु–आमाको हत्या गरे

उदयपुरमा ७३ वर्षीय वृद्धले गरे ६४ वर्षीयको हत्या, कारण के थियो ? 

बैशाख ७, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

बङ्गलादेशमा निर्यात गर्न लोड गरिएका कन्टेनर पूर्वी नाकामै रोकिए

पूर्वी सीमा नाका ७२ घण्टा बन्द

बैशाख ८, २०८३
इटहरी गोल्डकपको उपाधि गछिया युवा समाजलाई

इटहरी गोल्डकपको उपाधि गछिया युवा समाजलाई

बैशाख ८, २०८३
सुनसरीमा ७५ किलो गाँजासहित तीन जना पक्राउ

सुनसरीमा ७५ किलो गाँजासहित तीन जना पक्राउ

बैशाख ७, २०८३
झापाको मालपोतमा टोकन प्रणाली, अनधिकृत व्यक्तिको प्रवेशमा कडाइ

झापाको मालपोतमा टोकन प्रणाली, अनधिकृत व्यक्तिको प्रवेशमा कडाइ

बैशाख ७, २०८३



लाेकप्रिय

  • प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    1313 shares
    Share 525 Tweet 328
  • सुनसरीको रामधुनीमा पिकअपको ठक्करबाट दुई जनाको मृत्यु, चालक फरार

    689 shares
    Share 276 Tweet 172
  • सुनसरीमा बसको ठक्करबाट बालिकाको मृत्यु, इटहरीका निरौला पक्राउ

    466 shares
    Share 186 Tweet 117
  • १७ दिनको कैद सजाय पाएका फरार अभियुक्त ३० वर्षपछि इटहरीबाट पक्राउ

    385 shares
    Share 154 Tweet 96
  • शिक्षा विकास तथा समन्वय इकाइ सुनसरीको हतारको निर्णय, एकै छिनमा दुई पत्र, दुवै गलत 

    374 shares
    Share 150 Tweet 94

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.