मोरङ : मोरङको बूढीगंगा गाउँपालिकाले एक किशोरीलाई एक दिनका लागि गाउँपालिका अध्यक्ष बनाएको छ ।
सोही ठाउँकी १६ वर्षीया सुस्मिता ऋषिदेवलाई गाउँपालिकाको एक दिनका लागि अध्यक्ष बनाइएको हो ।
राष्ट्रिय बाल दिवस २०७८ को अवसमा गाउँपालिकाले उनलाई बाल दिवसको अवसरमा एक दिनका लागि गाउँपालिकाको अध्यक्ष नियुक्त गरेको हो । आज एक कार्यक्रमका बीच गाउँपालिका अध्यक्ष बालचन्द्र माझीले सुस्मितालाई पदभार हस्तान्तरण गरेका थिए ।
राष्ट्रिय बाल अधिकार परिषद्को सहजीकरण, बाल हेल्प लाइन १०९८, प्रदेश बालबालिका खोजतलास तथा संरक्षण केन्द्र १०४ को समन्वयमा उनलाई अध्यक्षमा नियुक्त गरिएको हो ।
पालिकाले बालबालिकाका लागि थप ५० लाख बजेट विनियोजन गर्ने, गाउँपालिकामा निर्माण हुने हरे पूर्वाधार बालमैत्री बनाउने र सन् २०२५ सम्म गाउँपालिकालाई बालविवाहमुक्त बनाउने निर्णय गरेको बाल अधिकार परिषद्का सुमन अधिकारीले जानकारी दिए ।












Discussion about this post