इटहरी : अल्पमतमा परेका मुख्यमन्त्री भीम आचार्य नेतृत्वको सरकारमा दुई मन्त्री र तीन राज्यमन्त्रीले पद तथा गोपनीयताको सपथग्रहण गरेका छन् ।
नयाँ मन्त्रीलाई बुधबार (आज) प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् । मुख्यमन्त्री आचार्यले तुलसीप्रसाद न्यौपानेलाई आर्थिक मामिला तथा कानुन मन्त्री, हिराकुमार थापालाई भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री बनाएका छन् ।
उत्तमकुमार बस्नेतलाई उद्योग पर्यटन वन तथा वातावरण राज्यमन्त्री, ज्ञानेश्वर राजवंशीलाई भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री, लिलाबल्लभ अधिकारीलाई आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री बनाएका छन् ।
यसअघि बलबहादुर साम्सुहाङलाई सामाजिक विकास मन्त्री र लछुमन तिवारीलाई उद्योग पर्यटन वन तथा वातावरण मन्त्री बनाइएको छ ।













Discussion about this post