धरान : धरानमा भानुचोकदेखि लक्ष्मीचोकसम्म वान वे सञ्चालन हुने
धरानको मुख्य बजार क्षेत्रमा सवारी चाप कम गर्न उपमहानगरपालिकाले वान वे सडक सञ्चालन गर्ने भएको छ ।
उपमहानगरपालिकाले एक सूचना जारी गर्दै धरान १२ भानुचोकदेखि धरान १३ लक्ष्मीचोकसम्मको बाटोमा असोज १ गतेबाट वान वे सवारी सञ्चालन गर्ने जनाएको छ ।

सडक छेउछाउमा रहेका अव्यवस्थित तारहरूले यातायात आवागमनमा बाधा उत्पन्न हुने भन्दै उक्त सडकखण्डमा रहेका अव्यवस्थित तारहरूलाई यथाशीघ्र व्यवस्थापन गर्न उपमहानगरपालिकाले अनुरोध समेत गरेको छ ।












Discussion about this post