इटहरी : इटहरीमा ६५ सहित प्रदेश १ मा पछिल्लो २४ घण्टामा थप ३१३ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।
सामाजिक विकास मन्त्रालयका अनुसार थपिएका संक्रमितमध्ये झापाको दमकमा २७, कनकाईमा १९, बिर्तामोडमा १७, मेचीनगरमा १०, अर्जुनधारामा ८, शिवसताक्षीमा ६, भद्रपुर, बुद्धशान्ति र झापा गाउँपालिकामा ३–३, गौरादह र कमल गाउँपालिकामा २–२, बाहृदशीमा १ जना छन् ।
यस्तै, मोरङको विराटनगरमा ७१, केराबारीमा ८, पथरीशनिश्चरेमा ६, सुन्दरहरैँचामा ४, उर्लाबारीमा ३, बेलबारी, बुढीगंगा र लेटाङमा २–२, रतुवामाईमा १ जनामा संक्रमण देखिएको छ ।
यता, सुनसरीको इटहरीमा ६५, बराहक्षेत्रमा ४, रामधुनीमा २, गढी र स्थानीय तह नखुलेका १–१, इलामको रोङमा ६, देउमाई र सूर्योदयमा १–१, धनकुटाको चौवीसेमा २, महालक्ष्मीमा १ र प्रदेश १ बाहिरका ३ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा पछिल्लो २४ घण्टामा २४७ जना कोरोना संक्रमणमुक्त भएका छन् भने संक्रमणबाट ५ जनाको मृत्यु भएको छ ।














Discussion about this post