नेपालमा पछिल्लो २४ घण्टामा १,३३० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।छ ।
यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ५ जनाको मृत्यु भएको छ भने १,८३० जना निको भएका छन् ।
मंगलबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ८६ हजार ५७७ पुगेको छ । योसँगै नेपाल मृत्यु हुनेको संख्या ११ हजार ५३ पुगेको छ भने ७ लाख ५४ हजार जना संक्रमणमुक्त भएका छन् ।
मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या २१ हजार ५२४ जना रहेका छन् ।
यस्तै १० वर्ष मुनिका ४० बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका ७९ जना कोरोना संक्रमित थपिएका छन् ।














Discussion about this post