इटहरी : इटहरीमा ३५ सहित प्रदेश १ मा पछिल्लो २४ घण्टामा थप ३७३ जनामा कोरोना भाइरस संक्रमणको भएको छ ।
सामाजिक विकास मन्त्रालयका अनुसार थपिएका संक्रमितमध्ये मोरङको विराटनगरमा ६४, बेलबारी र सुन्दरहरैँचामा ७–७, उर्लाबारीमा ६, ग्रामथान, पथरीशनिश्चरे र बुढीगंगामा ४–४, रतुवामाई, कटहरी र रंगेलीमा २–२, कानेपोखरी र लेटाङमा १–१ जना छन् ।
यस्तै, झापाको बिर्तामोडमा २०, शिवसताक्षीमा १२, भद्रपुर र कनकाईमा ११–११, दमकमा ९, मेचीनगर र अर्जुनधारामा ७–७, बुद्धशान्ति र कमल गाउँपालिकामा ४–४, झापा गाउँपालिकामा २, गौरादह, बाहृदशी र हल्दिबारीमा १–१ जनामा संक्रमण देखिएको छ ।
यता, सुनसरीको इटहरीमा ३५, धरानमा १८, रामधुनीमा ७, गढीमा ४ र बराहक्षेत्रमा ३ जनामा संक्रमण देखिएको छ ।
यस्तै, इलामको इलाम नगरपालिकामा ३, सूर्योदय र चुलाचुलीमा २–२, सन्दकपुरमा १, धनकुटाको धनकुटा नगरपालिकामा ५, पाँचथरमा १, उदयपुरको चौदण्डीगढी र संखुवासभाको पाँचखपनमा १–१ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा आज १८३ जना कोरोना संक्रमणमुक्त भएका छन् भने संक्रमणबाट ७ जनाको मृत्यु भएको छ ।














Discussion about this post