धरान : चाडपर्व नजिकिएसँगै धरानमा म्याद गुज्रिएका, अखाद्य तथा लेवल बिनाका खाद्य तथा पेयपदार्थहरु विक्री वितरण भइरहेको जनगुनासो बढेको छ ।
धरान उपमहानगरपालिकामा व्यापक जनगुनासो आएको भन्दै आज .(मंगलबार) एक सूचना जारी गर्दै यस्तो अखाद्य वस्तु बिक्री वितरण नगर्न सरोकारवाला व्यवसायीहरुमा ध्यानाकर्षण गराएको हो ।
बजार अनुगमन अधिकृत वेदप्रसाद सापकोटाले दशँै तिहार नजिकिएसँगै बजारमा अखाद्य वस्तु वितरण हुने गरेको बताए ।
अनुगमनका क्रममा म्याद गुज्रिएका, अखाद्य तथा लेवल बिनाका खाद्य तथा पेयपदार्थहरु भेटिएमा कानून बमोजिम कारबाही गरिने उनले बताए । साथै, उपभोक्ताहरूले सामान खरिद गर्दा उपभोग्य मिति, मूल्य, परिमाण तथा मिसावट सबै कुरा हेरेर खरिद गर्न पनि आग्रह गरिएको छ ।











Discussion about this post