Saturday, July 18, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

कांग्रेस १४ औँ महाधिवेशन : इटहरीमा विकास केसीले चुनाव जित्ने आधार यी हुन्

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
अशोज ८, २०७८
in टाकुरा विशेष, समाचार
0
411
SHARES
Share on FacebookShare on Twitter

इटहरी : नेपाली कांग्रेस सुनसरीमा यही असोज ९ गते (शनिबार) पालिकाको नगर अधिवेशन हुँदैछ ।

यसैबीच इटहरी उपमहानगरपालिका कांग्रेसको नेतृत्व गर्नका लागि तीन आकांक्षी चुनावी मैदानमा छन् । वर्तमान सभापति हेमकर्ण पौडेल, नेविसंघ पूर्व केन्द्रीय उपाध्यक्ष विकास केसी र वर्तमान नगर सचिव प्रकाश बस्नेत सभापति पदका लागि आकांक्षी हुन् । तर, बस्नेतका पिता दुर्गाबहादुर बस्नेतको दुईदिनअघि निधन भएपछि उनी चुनावको तयारीमा होमिन पाएका छैनन् ।

वर्तमान सभापति हेमकर्ण र विद्यार्थी राजनीतिबाट उदाएका केसी अहिले चुनावी चटारोमा छन् । पौडेलले दुई कार्यकाल नगर चलाइसकेपछि पुनः तेस्रो कार्यकाल सोही पदमा उमेद्दारी दिनुले अब इटहरी कांग्रेसले परिवर्तन चाहेको अधिकांश कार्यकर्ताहरूको भनाइ छ ।

केसी संस्थापन पक्षका नेता हुन् भने पौडेल संस्थापनइतरका । त्यसो त केसीलाई नेपाल विद्यार्थी संघका केन्द्रीय सभापति राजीव ढुंगानादेखि उद्योग बाणिज्य संघ इटहरीका अध्यक्ष भीम पौडेल सम्मको साथ भएकाले उनै केसीले चुनाव जित्ने धेरैजसो कार्यकर्ताको आँकलन छ । नेविसंघ सभापति राजीव ढुंगाना, मेयरका प्रत्यासी रोहित प्रसाईँ, उवासंघ अध्यक्ष भीम पौडेल, कांग्रेस क्षेत्रीय सभापति मणिराम श्रेष्ठ तथा अन्य थुप्रै अग्रज तथा युवा नेताहरू केसीका साथमा छन् ।

मेयरका प्रत्यासी रोहित प्रसाईँ भन्छन्, ‘अब इटहरीले नेतृत्व परिवर्तन चाहेको छ भन्ने धेरैको माग छ, राजनीतिक हिसाबमा सबैलाई स्पेस पनि चाहिन्छ ।’

‘मेरो चुनाव जित्ने आधार भनेको साबिक हाँसपोसा, एकम्बा र खनार क्षेत्रका मानिसहरूलाई पनि समेटेर समावेशी टिम बनाएको छु,’ केसी भन्छन्, ‘साबिकका गाविसलाई प्रतिनिधित्व गर्नेगरी सबैलाई समेटेको छु, इटहरी कांग्रेसले यसपटक परिवर्तन खोजेको छ ।’

उनले पार्टीको आन्तरिक प्रतिस्पर्धा भएका कारण इटहरी कांग्रेसले नेतृत्व परिवर्तन खोजेकाले सबै मिलेर अगाडि बढ्नुपर्ने बताए । ‘जहाँ पार्टी संगठित हुन्छ, त्यहाँ कांग्रेस बलियो हुन्छ, इटहरी कांग्रेसलाई बलियो बनाउनका लागि पनि यसपटक सर्वसम्मत रूपमा टिम बनाए राम्रो हुनेथियो ।’ संगठन बलियो बनाउनका लागि पनि एकपटक सर्वसम्मत गरेर नेतृत्व चयन गरे सकारात्मक ‘म्यासेज’ जाने उनको तर्क छ ।

नेविसंघ सुनसरीका सभापति मन्दिप भट्टराईले हालसम्मको अकंगणितको हिसाबमा केसीले नै चुनाव जित्ने दाबी गर्छन् । ‘गाउँ–गाउँबाट नेतृत्व परिवर्तन गर्नुपर्छ भन्ने कुरा उठिरहेको छ,’ उनले भने, ‘नेविसंघमा रहँदा विकास केसीको सक्षम नेतृत्वकै कारण आज कांग्रेस इटहरीले उनको नेतृत्व खोजेको छ ।’ उनले कांग्रेसलाई संगठित गरेर र सबैलाई समेटेर लैजानका लागि पनि केसीको नेतृत्व आवश्यक परेको बताए ।

सभापतिका आकांक्ष विकास केसीले भने आफूले चुनाव जित्ने दाबी गर्छन् । आफूले सबै क्षेत्रका मानिसहरूलाई टिममा समेटेका कारण पनि आफू जीतको नजिकमा पुगेको उनको दाबी छ । ‘मेरो चुनाव जित्ने आधार भनेको साबिक हाँसपोसा, एकम्बा र खनार क्षेत्रका मानिसहरूलाई पनि समेटेर समावेशी टिम बनाएको छु,’ केसी भन्छन्, ‘साबिकका गाविसलाई प्रतिनिधित्व गर्नेगरी सबैलाई समेटेको छु, इटहरी कांग्रेसले यसपटक परिवर्तन खोजेको छ ।’

हाल कांग्रेस इटहरी संस्थागत हिसाबले नचलेका कारण गत स्थानीय तहको चुनावममा मेयर, उपमेयर पदमा हार व्यहोर्नुपरेको र अब आफ्नो कार्यकालमा सबै पदमा विजयी बनाउने लक्ष्य लिएको केसीको भनाई छ ।

‘विभिन्न समस्यामा फेस गर्न सक्ने र सबै समेटिएको टिम भएका कारण मेरो चुनाव जित्ने आधार हो, समावेशी टिम भएकै कारण मैले चुनाव जित्छु,’ उनले भने, ‘चुनावी अभियानमा मात्रै होइन, अन्य समयमा पनि कार्यकर्ताको समस्यामा साथ दिएका कारण यसपटक इटहरी कांग्रेसको नेतृत्व मैले लिनुपर्छ र क्षेत्रीय प्रतिनिधिहरूले मलाई नै मत दिनुहुन्छ भन्ने विश्वास छ ।’

‘२०५२ सालदेखि विद्यार्थी राजनीति गरेकाले मैले नेविसंघमा रहँदा प्रतिपक्षी पार्टीसँग पनि फेस गर्ने काम गरेको छु,’ केसीले भने, ‘नेविसंघको केन्द्रीय उपाध्यक्षमा निर्वाचित भएका कारण पनि संगठन निर्माणका निम्ति मेरो परिपक्कता छ, पार्टीमा निरन्तर लागिपरेको छु ।’ उनले आफूले १३ औँ महाधिवेशनमा कांग्रेस इटहरीमा उपविजेता भएपनि अरूहरूजत्तिकै खटेको बताए ।

‘देशले नै परिवर्तन मागिरहेको बेला मेरो प्रतिष्पर्धी हेमकर्ण पौडेल तीन कार्यकाल नगरमै बस्नु अनूचित हुन्छ भन्ने हो,’ उनले भने, ‘तर चुनावी प्रक्रियामा समावेश हुनु अधिकारको कुरा हो, यसपटक सबैको साथ भएकाले मैले चुनाव जित्नेछु ।’ उनले नेविसंघ सभापतिदेखि उवासंघका अध्यक्ष, विभिन्न वडाका वडाध्यक्ष, लायन्स, जेसीज जस्ता संस्थाको पनि साथ रहेका कारण चुनाव जित्ने दाबी गरे ।

– नेविसंघ केन्द्रीय उपाध्यक्षमा निर्वाचित
– युवा तथा अग्रजमाझ लोकप्रिय
– जस्तोसुकै समस्यामा पनि फेस गर्न सक्ने
– समावेशी टिम बनाएर नगर नेतृत्व गर्ने तयारी
– आगामी स्थानीय तहको निर्वाचनमा सबै पदमा विजयी गराउने प्रतिवद्वता 

– कांग्रेस इटहरीका आफ्नै भवन निर्माण ।

‘विभिन्न समस्यामा फेस गर्न सक्ने र सबै समेटिएको टिम भएका कारण मेरो चुनाव जित्ने आधार हो, समावेशी टिम भएकै कारण मैले चुनाव जित्छु,’ उनले भने, ‘चुनावी अभियानमा मात्रै होइन, अन्य समयमा पनि कार्यकर्ताको समस्यामा साथ दिएका कारण यसपटक इटहरी कांग्रेसको नेतृत्व मैले लिनुपर्छ र क्षेत्रीय प्रतिनिधिहरूले मलाई नै मत दिनुहुन्छ भन्ने विश्वास छ ।’

सभापतिका आकांक्ष केसीको टिमबाट उपसभापतिमा बालकृष्ण विष्ट, चन्दन साहले उमेद्दारी दिएका छन् । यस्तै, सचिवमा प्रकाश चौधरी र मन्दिप भट्टराईले उमेद्दारी दिएका छन् भने सह–सचिवमा मेनुका गिरीले उमेद्दारी दिएकी छन् ।

Tags: #इटहरी#इटहरी उपमहानगरपालिका#कांग्रेस#नेपाली कांग्रेस#विकास केसीकांग्रेस १४ औं महाधिवेशनटाकुरा विशेष
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

समाचार

झापामा विपद्को कहर : ११ जनाको मृत्यु, एक वर्षमा २२ करोडको क्षति

by रासस
साउन २, २०८३
0

भद्रपुर : झापामा गत आर्थिक वर्षमा प्राकृतिक विपद्का घटनामा ११ जनाको मृत्यु भएको छ भने २२ करोड ७४ लाख ६०...

उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु
समाचार

झापामा कारको ठक्करबाट मोरङका दुई मजदुरको मृत्यु

by टाकुरा न्यूज । इटहरी
साउन २, २०८३
0

झापा : हुलाकी राजमार्गमा भएको सवारी दुर्घटनाले मोरङको एउटै गाउँका दुई परिवार शोकमा डुबेका छन्। झापाको गौरीगन्ज–२ कृष्ण खोला नजिक...

इटहरीमा मञ्चन हुँदै नाटक ‘पापशाला’

इटहरीमा मञ्चन हुँदै नाटक ‘पापशाला’

साउन २, २०८३
नौ महिनापछि फर्कियो प्रहरी सेवा, इटहरीमा वडा प्रहरी कार्यालय सञ्चालन

नौ महिनापछि फर्कियो प्रहरी सेवा, इटहरीमा वडा प्रहरी कार्यालय सञ्चालन

साउन १, २०८३
एक वर्षमा २२ गैँडाको मृत्यु, करेन्टले पनि लियो दुईको ज्यान

एक वर्षमा २२ गैँडाको मृत्यु, करेन्टले पनि लियो दुईको ज्यान

साउन १, २०८३
पटक-पटक निवेदन र ताकेता, तर सूचना दिन मान्दैन इटहरी उपमहानगरपालिका

इटहरीमा राजस्व सेवा सात दिन पूर्ण बन्द

साउन १, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

झापामा विपद्को कहर : ११ जनाको मृत्यु, एक वर्षमा २२ करोडको क्षति

साउन २, २०८३
उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

झापामा कारको ठक्करबाट मोरङका दुई मजदुरको मृत्यु

साउन २, २०८३
इटहरीमा मञ्चन हुँदै नाटक ‘पापशाला’

इटहरीमा मञ्चन हुँदै नाटक ‘पापशाला’

साउन २, २०८३
नौ महिनापछि फर्कियो प्रहरी सेवा, इटहरीमा वडा प्रहरी कार्यालय सञ्चालन

नौ महिनापछि फर्कियो प्रहरी सेवा, इटहरीमा वडा प्रहरी कार्यालय सञ्चालन

साउन १, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    इटहरीका दुईसहित सात वटा सहकारी संस्था खारेज

    1048 shares
    Share 419 Tweet 262
  • ब्राउनसुगरसहित इटहरीका कार्की पक्राउ

    766 shares
    Share 306 Tweet 192
  • सुनसरीमा बसको पछाडि मोटरसाइकल ठोक्किँदा छोराको मृत्यु, बुबा घाइते

    598 shares
    Share 239 Tweet 150
  • उवासंघ इटहरी निर्वाचन : वाणिज्य सदस्यमा नवराज काफ्लेको प्यानलै निर्वाचित

    463 shares
    Share 185 Tweet 116
  • कोशीमा लागूऔषधविरुद्ध प्रहरीको अभियान : इटहरीका भट्टराईसहित आठ जना पक्राउ

    407 shares
    Share 163 Tweet 102

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.