झापा : झापामा जंगली हात्तीको आक्रमणमा परेर एक महिलाको मृत्यु भएको छ ।
जिल्लाको बिर्तामोड नगरपालिका ८ की ५० वर्षीय लतुमाई मर्डीको हात्तीको आक्रमणमा परी मृत्यु भएको हो ।
स्थानीय चन्द्रगढी सामुदायिक वनमा बिहीबार (आज) निगुरो टिपिरहेको बेला उनलाई हात्तीले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उनीसँगै गएका सुकलाल मर्डी भने सकुशल रहेको अस्थायी प्रहरी चौकी गरामनीले जनाएको छ ।
निगुरो टिप्ने क्रममा लतुमाईलाई हात्तीले सुँडले च्यापेर जंगल क्षेत्रभित्र लगेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।












Discussion about this post