सुनसरीको छुट्टा छुट्टै २ स्थानबाट प्रहरीले ब्राउन सुगरसहित २ जना पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार कोशी गाउँपालिका १ लौकही बजार पुर्वपश्चिम राजमार्गमा को २७ प ३०८१ नम्बरको मोटरसाइकलमा सवार ३८ वर्षीय नसाद अली ब्राउन सुगरसहित पक्राउ परेका हुन् ।
प्रहरीका अनुसार कोशी गाउँपालिका १ बस्ने अलीको साथबाट १६४ ग्राम ८३० मिलिग्राम ब्राउन सुगर वरामद भएको छ । उनलाई नियन्त्रणमा लिएर प्रहरीले लागुऔषध नियन्त्रण ऐन २०३३ वमोजिम कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीको प्रहरीले जनाएको छ । गोप्य सुचनाको आधारमा १ नम्बर प्रदेश प्रहरी कार्यालय लागुऔषध नियन्त्रण ब्युरो र सुनसरी प्रहरीको सयुक्त टोलीले उनलाई पक्राउ गरेको हो ।
यसैगरि, सशस्त्र प्रहरी वलको सहयोगमा हिजो नै कोशी गाउँपालिका १ लौकही बजार नजिकबाट भारतको अररिया जिल्लाको बेला ८ बस्ने रमेश यादव पनि ब्राउन सुगरसहित पक्राउ परेका छन् । सुनसरी प्रहरीका अनुसार उनको साथबाट १३ ग्राम ब्राउन सुगर फेला परेको छ ।
उनलाई पनि लागुऔषध नियन्त्रण ऐन २०३३ अनुसार आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ । ब्राउन सुगरसहित पक्राउ परेका दुवैलाई सुनसरी जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरेर आवश्यक अनुसन्धान प्रक्रिया शुरु गरिएको प्रहरीले जनाएको छ ।



















Discussion about this post