इटहरी : सुनसरी जिल्ला अदालतबाट वैदेशिक रोजगारमा ठगी गरेको मुद्दामा कैद र जरिवाना फैसला भएपनि हालसम्म फरार रहेका धरानका एक व्यक्ति पक्राउ परेका छन् ।
प्रदेश १ प्रहरी कार्यालय विराटनगरका अनुसार धरान उपमहानगरपालिका ९ घर भइ हाल धरान ७ बस्दै आएका ३४ वर्षीय रविन बोगटी पक्राउ परेका हुन् । उनलाई सुनसरी जिल्ला अदालतले ३ वर्ष कैद र ३ लाख रुपैँया जरिवानाको फैसला सुनाएको थियो ।
अदालतले २०७२ चैत १ गते वैदेशिक रोजगार ठगी मुद्दामा फैसला सुनाए पनि उनी फरार थिए । उनलाई १ नम्बर प्रदेश प्रहरी कार्यालयको आरआइटी समूहको टोलीले पक्राउ गरी अदालतमा उपस्थित गराएको थियो ।
सुनसरी जिल्ला अदालतबाट कैद भुक्तानको लागि बोगटीलाई कारागार चलान गरिसकेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
यस्तै, सार्वजनिक अपराध मुद्दा र चोरी मुद्दामा मोरङ जिल्ला अदालतले विराटनगर ८ का ३४ वर्षीय अजय रायलाई जरिवाना र कैद सजाय फैसाल सुनाएको छ ।
प्रहरीका अनुसार सार्वजनिक अपराधमा अदालतले २०७२ चैत ११ गते २ हजार जरिवानाको फैसला गरेको थियो भने नकवजनी चोरी मुद्दामा २०६८ भदौ २९ गते १ महिना २ दिन कैद तथा ६ हजार जरिवाना गरेको थियो । तर, राय भने कैद जरिवाना भुक्तान नगरि फरार सूचीमा रहेका थिए ।














Discussion about this post